प्रदेश ५

आलु कृषकको माग सुनुवाइ नभए आन्दोलन गर्ने

  २०७८-१०-१२        boli khabar

आलु कृषकहरुको भेला मंगलबार कृषि सेवा केन्द्र रामपुरमा बसेको छ । भेलाले रामपुर चिस्यान केन्द्रमा राखिएको आलु बिगिएपछि सहजीकरण संघर्ष समिति गठन गरेको छ ।रामपुर चिस्यान केन्द्रमा भण्डारण गरिएकाे विउ अालु विग्रिए पछि किसानले बिभिन्न चरणमा क्षतिपुर्ति माग गर्दै आएका थिए । माग गर्दै आए पनि सुनुवाइ नभएको र...

निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न

  २०७८-१०-१२        boli khabar

निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न भएको छ । निस्दि गाउँपालिका वडा नम्बर-६,अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण कार्य सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको यसै आर्थिक बर्षको  ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरि ४ लाख रुपैयाँको लागतमा निर्माणकार्य...

बर्तुङ्मामा ट्याक्टरले स्कुटीलाई ठक्कर दिदा एक महिलाको निधन

  २०७८-१०-१२        boli khabar

पाल्पा – जिल्लाको तानसेन–६, बर्तुङ्मा ट्याक्टरले स्कुटीलाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहनुभएको छ । बुधबार दिउँशो २ बजे तानसेन नगरपालिका–६ बर्तुङ्मा चोक स्थित बर्तुङ्मा देखि प्रभासतर्फ जादैँ गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्याक्टर...

राष्ट्रियसभामा लुम्बिनीबाट एकीकृत समाजवादीकी गैरे निर्वाचित

  २०७८-१०-१२        बोली खबर

पाल्पा । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३...

राष्ट्रिय सभाका १९ पदमा आज निर्वाचन हुदै

  २०७८-१०-१२        बोली खबर

काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४...

आरन पेशालाई संरक्षण गर्दै माथागढी गाउँपालिका

  २०७८-१०-११        बोली खबर

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले वडा नं.७,रहवास, मौलाथर क्षेत्रमा लोप हुन लागेको आरन संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले रु. ४ लाख बराबरको आरन सुधार प्रविधि हस्तान्तरण गरेको हाे। गाउँपालिकाले प्रदान गरेको विविध आरन सुधार सामग्री प्राप्त पछि सन्तलाल बि. क.ले  “हामी पुस्तौंदेखि यो पेशा गर्दै आइरहेका छौं तापनि हाल...

सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु हुने

  २०७८-१०-१०        बोली खबर

पाल्पा । सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास...

ईलाका प्रशासन कार्यालय रामपुरलाई औषधी व्यवसायी संघद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  २०७८-१०-०६        boli khabar

रामपुर । नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समितिले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस कोभिडको तेस्रो लहर बढे संगै आफ्नो सामाजिक उत्तर दायित्व बहन गरेको समितिले जनाएको छ । जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय इलाका प्रशासन कार्यालयमा स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।नेपाल औषधी व्यवसायी संघका...

माथागढी गाउँपालिकाका कर्मचारीमा कोरोना देखिएसँगै कार्यालयले अत्यावश्यक सेवा मात्र दिने

  २०७८-१०-०५        बोली खबर

पाल्पा। माथागढी गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना पोजिटिभ रिपोर्ट देखिएसँगै अत्यावश्यक सेवा बाहेक निरन्तर दिदैँ आएको अन्य सेवा बन्द हुने भएको छ। गाउँपालिकाले मिति २०७८/१०/०४ गते सेवा प्रदायकहरुका लागि एक अत्यन्त जरुरी सूचना प्रकाशित गरि निरन्तर रुपमा दिदैँ आएको सेवा प्रदान गर्न नसकिने बताएको छ। गाउँपालिकाको कार्यालयमा कार्यरत...

महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

  २०७८-१०-०४        boli khabar

पाल्पा । ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका १ का ५७ वर्षीय उजरसिंह आलेलाई मंगलवार पक्राउ गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।...