अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्ंथा लिमिटेड रामपुर पाल्पाको २३ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा बोल्दै सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालले अहिले नेपालमा २९हजार आठसय ८६ सहकारी भएको बताउदै अन्धकार मुक्ती बचत तथा ऋण सहकारी संस्थाले गरेको कामको प्रशंसा गर्नु भएको छ । उँहाले संस्थाले सबै आर्थिक...
पाल्पा, रम्भा गाउँपालिका ६ हेक्लाङ्मा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्गबाट तानसेन आउदै गरेको जिप सालबासमा दुर्घटना भएकाे हाे । लु १ ज २६०७ नम्बरको जीप दुर्घटनामा परेर पाँच जना घाइते भएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार जीप बाटोबाट करिब १ सय मिटर...
पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । आइतबार भएको खेलहरुमा मुनस्टार बि र बिरुवा गाउँपालिका चिन्नेबास बिच भएको खेलमा चिन्नेबासले सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेल निस्दि गाउँपालिका गल्धा र चापाकोट दामाचौर बिच भएको खेलमा...
पाल्पा, पौष १८ पाल्पामा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ । घाईतेहरुको उद्धार जारी छ । रुपन्देहीबाट शव बोकेर रिडिका लागी छुटेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना हुदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बसमा ३५ बढी...
पाल्पा, नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ । यही पुुस २३ गते तानसेन नगरपालिका–९ मदनपोखरास्थित तिन्टीआँपमा अधिवेशन आयोजना हुने भएको हो । अधिवेशनका लागि पौष १७ गते पालिका स्तरीय प्रतिनिधिहरु छनौट हुदैछन् । नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार पाल्पाका १० वटै स्थानीय तहहरुबाट...
पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । शनिबार महिला तर्फ २ खेल र पुरुष तर्फ २ खेल भएको छ । महिला तर्फ पहिलो खेल रामपुर नगरपालिका ५ बेझाड र मटेरि बिच भएको हो ।जसमा मटेरिले १का विरुद्ध दुई...
पाल्पा, रामपुर नगरपालिका ६ माझटोल देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शुक्रबार एक कार्यक्रम गरी औपचारिक रुपमा उट्घाटन गरिएको हो...
रामपुर नगरपालिका वडा नं. ६ मा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । वडा स्तरिय अपाङ्गता समन्वय समितिको आयोजनामा वडा भित्रका २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा अन्तर्गत फाईवर सिरक वितरण गरेको हो । वडा कार्यालयमा एक कार्यक्रम गरी अपाङ्गता सहायता सामाग्री वितरण कार्यक्रम अन्तर्गत...
पाल्पा, भानुभक्त माध्यमिक विद्यालय रामपुर १० गेझा बर्दले पाल्पाले स्थापनाको ५९ औँ बार्षिक उत्सव तथा अविभावक दिवस मनाएको छ । विद्यालयले विविध कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । विद्यालयका शिक्षक रिङ कुमारी खाम्चाको स्वागत बाट शुरु भएको वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद युवराज खनाल...
पाल्पा, उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–६ विजयपुर पाल्पाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले विहिबार दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो। कोषाध्यक्ष सुर्य प्रसाद लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रममा उट्घाटन नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गर्नु...