नेकपा एमाले १० औ महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता शुक्रवार भएको छ । देश भरी भएको मनोनयन दर्ता सैभाद्र रुपमा सम्पन्न भएको एमाले सचिबालय ले जनाएको छ । शुक्रवार पाल्पामा पनि मनोनयन दर्ता भएको छ । पाल्पा दुई वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन ।पाल्पाको १ न क्षेत्रमा...
मुक्ति गैरे/पाल्पानेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्य बृद्धीकाे विरुद्धमा अाज साँझ जिल्ला सदरमुकाम तानसेनमा मशाल जुलुश गरेकाे छ । सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्याधिक मुल्य वृद्धिकाे विरुद्धमा अाज नेकपाले मशाल जुलुश सम्पन्न गरेकाे हाे । नेकपाका महासचिव विप्लवद्वारा हिजो प्रकाशित विज्ञप्ति अनुसार अाकाशिदाे महंगी...
काठमाडौं, आजबाट जनगणना सुरु हुँदैछ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण...
पाल्पा, निस्दी गाउँपालिका-४ पाल्पाका एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । निस्दी ४ मित्याल आमडाँडा बस्ने ७१ वर्षिय विष्णु बहादुर सुनारी आमडाँडाबाट रुक्से भञ्ज्याङ्ग जाने गोरेटो बाटो मुनी फेला परेका हुन् । सुनारीलाई बुधबार विहान नौ बजे स्थानीयले गोरेटो भन्दा १५ मिटर तल मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका...
रामपुर, मण्डली स्पाेट्स क्लबको आयोजनामा पाँचौं मण्डली कप २०७८ हुने भएको छ । पूर्वखोला १ सिलुवा बजारमा हुन लागेको मण्डली कप अन्तरपालिकाका स्तरीय पुरुष भलिवल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको मण्डली स्पाेट्स क्लबका अध्यक्ष अनन्त श्रेष्ठले जानकारी दिएका छन् । मण्डली स्पाेट्स क्लबको आयोजना तथा पूर्वखोला गाउँपालिका...
पाल्पा, यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा...
रामपुर, आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ । तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई...
पाल्पा – महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक जना युवक रामपुरबाट पक्राउ परेका छन् । बाख्रा चराउन गएको बेला रामपुर–१, की २६ वर्षीया महिलालाई रामपुर–१, कै ३३ वर्षीय महेन्द्रबहादुर पुलामीले जबर्जस्ती करणी प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुलामीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
रामपुर, इस्लामी संघ नेपालको आयोजनामा रामपुर नगरपालिकामा खाद्यान्न राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । यही कार्तिक १२ गते देखि १५ गते सम्म नगरपालिकाका विभिन्न वडामा आयोजना गरिएको कार्यक्रमबाछ ५० घर परिवारले राहत प्राप्त गरेका छन् । Covid-19 Response (Relief & Health awareness Program 2021 अन्तर्गत आयोजना गरिएको कार्यक्रमबाट...
पूर्वखोला पाल्पा, पूर्वखोला गाउपालिका कार्यालय शिक्षा,युवा तथा खेलकुद शाखाको मुल आयोजना मा पूर्वखोला गाउँपालीका भित्रका उत्कृष्ट शिक्षक र विद्यालय लाई सम्मान गरिएको हाे ।उत्कृष्ट शिक्षकमा मातृभुमि मा.वि.का प्रधानाध्यापक मेयर मान थापा ,जनमार्ग मा.वि. का प्रधानाध्यापक श्याम बहादुर दिशा,उद्बुद्ध मा .वि.का प्रधानाध्यापक लोकहरी देबकोटा उत्कृष्ट शिक्षककाे रूपमा सम्मान हुनुभएको थियो...