काठमाडौँ २७ वैशाख २०७८, यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो...
निस्दी, २५ वैशाख २०७८, पाल्पा – निस्दीमा अक्सिजन सहितको आइसोलेसन तयार भएको छ। निस्दी गाउँपालिका वडा नम्बर -५ , गल्धाको ढुंगानावेशीमा रहेको सहकारी भवनमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन तयार गरेको स्वस्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । ८ वटा अक्सिजन सिलिन्डर र ३ वटा कन्चन ट्रेचर सहितको...
रामपुर, २४ बैशाख २०७८, पाल्पाको रामपुर नगरपालिकाले विभिन्न वडामा १५ तथा रामपुर अस्पतालमा १० गरि २५ शैयाको आइसोलेसन कक्ष निर्माण गर्ने भएको छ । रामपुर नगरपालिकाले कोभिड–१९ संक्रमण भएका नागरिकलाई अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । कोभिड –१९ को संक्रमण तिव्र रुपमा फैलिएको परिवेशलाई मध्यनगर गर्दै...
तानसेन, २३ बैशाख २०७८, कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा जारी निषेधाज्ञा जेठ ४ गतेसम्म लम्बिएको छ । बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखी २४ गतेसम्म जारी निषेधाज्ञा थपेर जेठ ४ गते राति १२ बजेसम्मका पु¥याउने निर्णय गरेको हो । जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा फैलिरहेको छ ।...
बुटवल, २१ बैशाख २०७८, मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद बिस्तार गरेका छन । मंगलबार गरिएको बिस्तारमा केही मन्त्रीहरुको ज्रिम्मेवारी हेरफेर समेत गरिएको छ । बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन भने अर्घाखांचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा...
रामपुर, २१ बैशाख २०७८ कोरोना संक्रमणको जोखिमबाट बच्न पाल्पामा जारी निषेधाज्ञाले बजार ठप्प बनेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले वैशाख १७ गते शुक्रबार मध्यरातदेखि वैशाख २४ गते मध्यरातसम्म कायम रहने गरी बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरू जारी गरेको छ । खाद्यान्न, तरकारी, दुध तथा माछामासु,...
बुटवल, १९ बैशाख २०७८, लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले...
रामपुर १६, बैशाख २०७८ रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण सम्पन्न भएको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण सम्पन्न छ । प्रदेश सरकार लुम्बिनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा...
वैशाख १६,पूर्वखोला, पूर्वखोला गाउँपालिका वडा नं.-६, हेक्लाङमा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको छ। गत वैशाख १३ गते भारतबाट छोरा बुहारीहरुसंग घर फर्केकी ६५ वर्षिया वृद्धालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि रिजर्भ गाडीमा गाउँ ल्याइएको पारिवारिक श्रोतले जनाएको छ । गाउँमा आइपुगेपछि वडा...