रम्भाको ताहुँमा कुशन बनाउने तालिम सम्पन्न

बाेलीखबर   २०७९-१२-२८

पाल्पा । रम्भा गाउँपालिका, ताहुँमा एक दिने कुशन बनाउने तालिम सम्पन्न भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ताहुँ शाखाको आयोजनामा तालिम सञ्चालन भएको हो ।

समुह नम्बर ३९ का केन्द्र प्रमुख रोशनी सारुको अध्यक्षतामा भएको तालिमको उद्घाटन रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गरेका थिए । तालिमको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले तालिममा सिकेको सीप व्यवहारमा लागु गरेर महिलाहरुलाई आत्मनिर्भर बन्न अनुरोध गरेकाे थियाे ।

संस्थाका कर्मचारी विवस परियारको स्वागतबाट शुरु भएको तालिममा रम्भा गाउँपालिका वडा नम्बर -५, ताहुँका वडा अध्यक्ष खुमाकान्त बस्याल, ताहुँ बजार व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद श्रेष्ठ, संस्थाका क्षेत्रीय प्रबन्धक भरत काफ्ले, अनुगमन अधिकृत मन प्रसाद फुयाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रम्भा माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा ६० जना महिला दिदीबहिनीहरुले कुशन बनाउने सीप सिकेको शाखा प्रबन्धक दिवश खाम्चाले बताए । तालिमको सहजीकरण सुस्मिता शर्माले गरेकाे थियाे ।