पाल्पा । पाल्पाको रामपुरमा नेपाल स्काउटको ३ दिने क्याम्प सम्पन्न भएकाे छ । १३ औं स्काउट फ्रेण्डसिप क्यम्प नेपाल स्काउट जितापुर क्रु को आयोजना, रामपुर स्काउट ट्रुप र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा गत सोमबार देखि सुरु भएको थियो ।

दुई रात ३ दिनको क्याम्पमा साहसिक गतिविधि, साधारण गतिविधि तथा विपद् व्यवस्थापन लगाएतका तालिम प्रदान गरिएको थियो । क्याम्प अन्तर्गतका गतिविधि रामपुर आवासिय माध्यमिक विद्यालयको प्राङ्गण र रामपुर नगरपालिका वडा नं. ३ को सानीअमराई खेल मैदानमा भएको थियो । क्याम्पमा रामपुर आवासियका ७१ जना विद्यार्थी, ललितपुरको अस्मिता बोर्डिङ्ग स्कुल, ल्यान्डमार्क बोर्डिङ्ग स्कुल, अत्रल बोर्डिङ्ग स्कुल बाट ३० जना विद्यार्थी सहभागी भएका थिए ।
तालिमको सहजिकरण नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही, सहायक प्रशिक्षक रोजिना शाहि, क्याम्प संयोजक साईन थापा मगर, क्रियाकलाप संयोजक रिकेश नगरकोटि, ईन्चार्ज शिशिर तामाङ, आयुषा थापा, शशी खड्का, निहारिका डंगोल, प्रेम शाक्य, सुविना नगरकोटि, आशिफ थापा, राहुल शाहले गरेका थिए । रामपुर अङ्ग्रेजी आवासिय माविमा भएको समापन कार्यक्रम रामपुर स्काउट ट्रुपका संयोजक सागर श्रेष्ठको स्वागत र सदस्य अनिल सुनारको सञ्चालनमा भएको थियो।
रामपुर अङ्ग्रेजी आवासिय मावि कक्षा ११ का विद्यार्थी सन्ध्या मल्ल र ललितपुरबाट आएका विद्यार्थी सालिम महर्जनले तीन दिनको अवधिमा धेरै कुरा सिकेको अनुभव सुनाइन । कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

क्याम्पको बुधबार एक कार्यक्रमका बीच समापन गरिएको हो । रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
तस्बिरहरू


फाेटाे सागर श्रेष्ठ


