पाल्पा । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका पाल्पा जोड्ने रेचे घाटमा बनेकाे मोटरेबल पुलको आगामी बैशाख ५ गते उद्घाटन हुने भएको छ ।
२ पालिका जोड्ने मोटोरेबल पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्ने निस्दी गाउँपालिकाका प्रवक्ता तथा ६ नं. वडा अध्यक्ष मेख बहादुर सुनारीले बताए ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा निस्दीखोलाको रेचेघाटमा पुल निर्माण भएको थियो । कुल ४ करोड २८ लाख रुपैयाँको लागतमा निर्माण कार्य सकिएको हो ।
जयनेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जाले निर्माण गरेको पुल पैदलमार्ग सहित २ ल्याण्डको छ । पुलको लम्बाई ४६ मिटर रहेको छ । २ गाउँपालिकालाई जोड्ने मोटरेबल पुल समयमै निर्माण भएपछि स्थानीयहरूलाइ यातायात गर्ने सहज भएका छन् ।


