पाल्पा । पाल्पा दरबार परिसरका टहरामा डोजर लगाईएको छ । पाल्पा दरबार संग्रहालय राष्ट्रिय सम्पदाको सुचिमा परेपछि त्यसको सुन्दरताका लागि तानसेन नगरपालिकाले डोजर चलाएकाे हो ।
दरबार परिसरका ५७ टहरामा डोजर लगाएर भत्काईएको छ । बुधबार बिहान ७ बजेदेखी नै नगरपालिकाले टहरा भत्काउन सुरु गरेको हो । नगरपालिकाले २०७९ चैत्र ३० गते ३५ दिने सुचना निकालेर टहरा खाली गर्न सुचना जारी गरेको थियो । बैशाख ४ गते ३५ दिने सुचनाको म्याद सकिएपछि ६ गते बिहान टहरा भत्काउन सुरु गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिए ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले सबै प्रक्रिया पुर्याएर घरटहरा हटाउने काम सुरु गरिएको जानकारी दिएका छन्। नगरपालिकाले ३ वटा डोजर प्रयोग गरेर टहरा भत्काउने काम गरिरहेको छ ।



