पाल्पा । लुम्बिनी प्रदेश पाल्पा जिल्ला क्षेत्र न १(क) का प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले खर्च सार्बजनिक गरेकाे छ । गत मङ्सिर ४ गते भएको निर्वाचन बाट माननीय बनेका श्रेष्ठले निर्वाचनमा लागेको खर्च सार्बजनिक गरेकाे हो ।
खर्च सार्बजनिक गर्दै श्रेष्ठले “जनताले जुन उदेश्यका साथ मलाइ भोट दिएर जिताउनु भएको छ त्यो पूरा गर्ने भन्दै जन भावनाको कदर गर्छु” उनले भनेका छन् ।
श्रेष्ठले रू १५ लाख ९५ हजार बराबरको खर्च सार्वजनिक गरेकाे हो । जसमा प्रचार प्रसारमा १ लाख ३५ हजार ५सय सत्तरी ,यातायात खर्च ३ लाख ७८ हजार , डिजेल पेट्रोल ४ लाख ४१ हजार १ सय १२ , सामुदायिक रेडियो रामपुर १० हजार , खाना खाजा बापत रू ५ लाख ६८ हजार ५ सय , मनोनयन दर्ता रू ५ हजार र विविध खर्च रू ५६ हजार ८ सय १८ बराबर रहेको सार्वजनिक गरेका छन् ।


