पाल्पा । नेकपा एमाले पाल्पाले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवस शनिबार एक कार्यक्रम गरी तानसेनमा मनाएको छ ।
कार्यक्रममा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको अवस्था र इतिहासबारे जानकारी गराएकाे थियाे ।
कम्युनिस्टको मूल मर्म भनेको अन्याय, उत्पीडिनमा परेका, श्रमजीवी, सर्वहाराको वर्गका मानव जातिको मुक्तिको निम्ति काम गर्नु भएको बताए । मानव मुक्तिका लागि नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको उनले बताए ।
मुलुकमा रहेका सबै कम्युनिस्ट पार्टी एक हुनुपर्नेमा उनकाे जोड थियाे । सबै कम्युनिस्ट पार्टी एक भएर नेपाल र नेपालीको हितमा काम गर्न सके सर्वाधिक लोकप्रिय हुने थियो । अहिले विभाजित छन । तर पनि नेकपा एमाले पहिलो शक्तिको रूपमा स्थापित छ । एमालेको नेतृत्वमा सबै कम्युनिस्ट पार्टी एक भएर अगाडि बढ्न अध्यक्ष घिमिरेले अपिल गरेका छन् ।
कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
कार्यालय सचिव दीपक विश्वकर्माले स्वागत गरेकाे कार्यक्रममा पार्टी सचिव रामजी पोखरेलले संचालन गरेका थिए । अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको कार्याममा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेताहरूको तस्बिरमा अबिर र पुष्प गुच्चाले सम्मान गरिएको थियो ।
यता मदन आश्रति स्मृति प्रतिष्ठान रामपुरमा पनि स्थापना दिवस मनाइएको छ । रामपुर नगर कमिटीको आयोजनामा स्थापना दिवस मनाइएको हो । प्रदेश कमिटी सदस्य युबराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ लगाएतले आफ्ना भनार्इ राखेका थिए । सस्थापक सबैका फोटोमा माल्यार्पण गरिएको थियो । नगर अध्यक्ष बिष्णु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब कृतिनाथ श्रेष्ठले गरेका थिए । स्वागत उपाध्यक्ष तोयानाथ सारुले गरेका थिए ।




