रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् ।
सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो ।
गिरीले नेकपा ९एमाले० का ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गरे भने नेकपा ९माओवादी केन्द्र०, नेपाली कांग्रेसलगायतले विपक्षमा मतदान गरेका थिए ।
बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए । माओवादीसहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत मागेका थिए ।


