काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।
एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने ।
नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपचुनावमार्फत प्रतिनिसभामामा पुन: इन्ट्री मारेका छन् ।
तस्बिरः फाइल