सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगरपालिका पाल्पाको दोस्रो अधिबेशन सम्पन्न

बोलीखबर   २०८०-०१-१४

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुर नगरपालिका पाल्पाको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

“सामुदायिक वन सबैका लागि, सधैंका लागि ” भन्ने मुल नारा सहित विहिवार राम्चे सामुदायिक वन उपभोक्ता समुहको सभाहल अधिबेशन सम्पन्न गरेको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानिय महासंघ रामपुर रामपुर नगरपालिका पाल्पाका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो।

कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले देश परिबर्तनमा सामुदायिक वन महासंघ निरन्तर रुपमा लाग्दै आएको छ, देशको लोकतान्त्रिक, गणतान्त्रिक परिबर्तनका समयमा हरेक तहबाट झक्झकाउदै लाग्दै आएको बताए थिए ।

श्रेष्ठले आफैमा सक्षम भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सामुदायिक वनका अधिकारका लागि निरन्तर लाग्दै सुशासन कायम गर्दै आएको बताएका थिए ।

२०५२ सालमा स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सम्पुर्ण सामुदायिक वनहरुको हक हितका सन्दर्भमा काम गर्दै आएको छ। वन र बन्यजन्तु संरक्षणका लागि लडिरहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल देशका ७२ जिल्लामा फैलिएर काम गर्दै आएको छ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पाल्पा जिल्ला अध्यक्ष निरन्जन भुसाल , सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश सदस्य बिन्दु श्रेष्ठ ,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश सदस्य यज्ञमुर्ति घिमिरे ,रामपुर नगरपालिका वडा नं ४ का वडा सदस्य , रानीवन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहका काेषाध्यक्ष मोहन सिं राना , सव डिभिजन वन कार्यालय रामपुरका प्रतिनिधि केश बहादुर खण्डलु कोप्चे सामुदायिक वनका अध्यक्ष लेखनाथ पोखरेल , रानिवन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहको सह – सचिब तथा पत्रकार सन्जु देबि परियार, सम्पुर्ण सामुदायिक वनहरुको तर्फबाट राम्चे सामुदायिक वनका अध्यक्ष दयाराम गैरे , महिला सहभागीहरुको तर्फबाट रुचुन डाडा सामुदायिक वनका सचिब बृहस्पति मल्ल लगाएतले वन सम्बन्धि आ- आफ्ना भनाइ राखेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघको दोस्रो रामपुर नगर अधिबेशनले बिन्दु श्रेष्ठ अध्यक्ष , मोहम्मद अजिम सेख उपाध्यक्ष र जुनु सेख सचिब गरि २१ सदस्यीय समिति चयन गरेको छ।

सामुदायिक वन महासंघ नेपाल रामपुर नगर कार्यसमिति सदस्य इस्वरी देबि खनालको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगर कार्यसमिति काेषाध्यक्ष तथा रामपुर नगरपालिका वडा नं ८ वडा महिला सदस्य बिस्णु माया गैरेले आम्दानी खर्च प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम  सन्चालन सामुदायिक वन महासंघ नेपाल रामपुर नगर सचिब लक्ष्मी थापा क्षेत्रीले गरेको थियो ।