पाल्पा । पुर्बी पाल्पा मजदुर ब्यबस्थापन समिति रामपुरले अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । मजदुर ब्यबस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
सम्पुर्ण मजदुर एक हौं भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम मजदुर संगठनको कार्यालय बाट र्याली सुरु भइ बेझाँड बजार, स्कुलरोड, केबुललाइन र हुलाकटोल भएर होटल नमस्ते पाल्पाकाे सभाहलमा गएर कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नेपाल सरकारले श्रम गर्ने मजदुरका हकमा विभिन्न खाले कार्यक्रम हरु गर्दै आएको छ। हरेक प्रकारका कार्य गरिदै आएका श्रमिक हरुलाइ हामी मजदुर भन्छौ , तपाईंले दिनभरी काम गरि कमाएका कमाइबाट केही बचत गर्ने बानी बसाल्यौ भने भबिस्यमा आइपर्ने समस्याबाट राहत मिल्दछ। तपाईं निर्माण सम्बन्धि काम गर्ने मजदुरको जोखिम आकलन गरि पुर्बी पाल्पा मजदुर ब्यबस्थापन समितिको आग्रहमा ५४३ जना भन्दा माथिका मजदुरहरुको बिमा समेत रामपुर नगरपालिकाले गरेको छ। काम गर्ने मजदुर हरु यस मजदुर ब्यबस्थापन समितिमा आवद्ध हुनुभएको छैन भने आगामी दिनमा काम गर्न समेत नपाईने स्थिति आउने हुनाले तपाईं हरुले आफ्ना ठेकेदारहरु संग सम्पर्क गरि आवद्ध हुन आग्रह गरेका थिए । घर निर्माण कार्य गर्दा भुकम्प प्रतिरोधात्मक नगरपालिकाले तोकेको उचित मापदण्ड अनुसार मात्रै काम गर्नु पनि थापाले आग्रह गरेका थिए।
कार्यक्रममा रामपुर नगरपालिका उप- प्रमुख बालकुमारी थापाले अन्तर्राष्ट्रिय श्रमिक उत्सबका रुपमा आजको दिनलाई बिस्वभर मनाइदै आइएको छ। रामपुर नगरपालिकाको सन्दर्भमा महिला ठेकेदारको रुपमा महिलाहरुले पनि काम गर्दै आएकोमा महिलाले पनि जुनसुकै काम गर्न सक्छन् भन्ने उदाहरणिय पात्रलाइ सम्मान गर्ने तथा आगामी दिनमा पनि श्रमको उचित मूल्याकंन र कदर गरि हरेक मजदुरहरूकाे रामपुर नगरपालिका साथ रहने बताएका थिए ।
कार्यक्रममा रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने , रामपुर नगरपालिका वडा नं १ का वडाअध्यक्ष तथा रामपुर नगर प्रबक्ता कपिल बहादुर खाँण ,रामपुर नगरपालिका वडा नं ७ का वडाअध्यक्ष दोबराज तिवारी ,रामपुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष दुर्गा बहादुर पोख्रेल, पत्रकार इमानसिं राना, मजदुर ब्यबस्थापन निर्माण उपसमिति संयोजक यम बहादुर सुनार लगाएतले आ-आफ्नो भनाइ राखेकाे थियाे ।
पुर्बी पाल्पा मजदुर ब्यबस्थापन समिति रामपुर नगरपालिका पाल्पाको उपाध्यक्ष सुमन खाम्चाको स्वागत बाट सुरु भएको कार्यक्रम महासचिव जायेश्वर पाण्डेले गरेका थिए ।


