आज २५६७औं बुद्ध जयन्ती, निस्दीकाे गल्धामा आजदेखि घाटु नाच सुरू

बाेलीखबर   २२ बैशाख २०८०, शुक्रबार ०९:४९

पाल्पा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

यता निस्दी गाउँपालिका काे वडा नं. ५ गल्धाकाे बिभिन्न गाउँ टाेलमा मगर समुदायकाे लाेपाेन्मुख घाटु नाच आज देखि सुरू भएकाे छ । लगायत ३ दिन सम्म नचाइने घाटु नाच तेस्राे दिनकाे दिन बिधिवत रूपमा सेलाइन्छ ।

निस्दी गाउँपालिकाकाे वडा नं. ५ काे खरकडाँडा, गाबुडाँडा, बाङलाङ, घाचुर, बेलाैजी, र रम्चे त्यस्तै निस्दी ४ मित्यालकाे खाेपलक, निस्दी ७ ज्यामिरेमा आज देखि बिधिवत रूपमा सुरू हुने याे पराम्परागत घाटु नाच निराहर ब्रत बसी नाच्ने गरिन्छ ।

किशोरीहरू सारी, पटुकी, चोली, भाला, फुली, बुलाकी लगाएका पराम्परागत गहनाहरू लगाएर टाउकोमा लाभा फूल र हरियो पात मिलाएर सिन्कामा उनेर लगाएका किशोरीहरू निदाएकै आभासमा गुरुआमाको स्वरसँगै हाउभाउ मिलाउँछन् । खासमा निकै आकर्षक देखिने पोसाकमा घाटु नाच नाचिन्छ ।

यसमा विशेषतः कुमारी केटीहरू मात्र नाच्ने चलन छ । तर, मगर समुदायबाटै हराउँदै गएकाले पनि पछिल्लो समयमा यसलाई युवापुस्तामा हस्तान्तरण गर्न जरूरी देखिन्छ । मूलतः यस नाचमा आँखा चिम्लेर देवीदेवतालाई सम्झेर नाचिन्छ । ‘अहिलेको पुस्ताले निकै दुःख मान्ने गर्छन्, यसलाई धेरैले सिक्नै खोज्दैनन् ।

निस्दी ५ गल्धा गाबुडाँडामा नचाइएकाे घाटु नाच

अबका पुस्तामा यसलाई सानैदेखि नाच्न सिकाउने हो भने पक्कै जान्ने बन्छन् । यसका विषयमा सबैले सहयोग गरेर जोगाउनुपर्ने खरकडाँडाका खिना बयम्बुले बताइन। उनीले गल्धाका पुरानो पुस्ताले लोकसंस्कृति जोगाउन नयाँ पुस्तालाई हस्तान्तरण गर्न अभियान चलाउनुपर्ने अावश्यक रहेकाे बताइन । गल्धाका बिभिन्न लाेकउन्मुख नाचहरू संरक्षण गर्न युवा पुस्ता नै अग्रसर हुनु पर्ने निस्दी ५ गल्धा वडा अध्यक्ष दुर्गा बहादुर साेमैले बताए ।