करेन्ट लागेर निस्दीका एक महिलाको निधन

बोलीखबर   २०८०-०१-२२

पाल्पा । निस्दी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । निस्दी–३, खादर बस्ने ५४ वर्षकी उमावती गाहाको मृत्यु भएको हो ।

शुक्रबार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा गाहालाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते गाहालाई लगतै उपचारको लागि रामपुर अस्पताल ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जनाएको छ ।