निस्दीकाे गल्धामा ‘घाटु उत्सव’ (तस्बिरहरू सहित)

बोलीखबर   २४ बैशाख २०८०, आईतवार १३:५०

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ को गल्धामा अहिले घाटु नाच उत्सव जस्तै चालेको छ । रंगिविरङ्गी पहिरनमा सज्जिएर घरको आँगनमा घाटु नाच चालिरहेको छ ।

निस्दीको गल्धाको साविकको वडाहरु खरकडाँडा, गाबुडाँडा, बाङलाङ्ग, घाचुर, बेलौजी तथा निस्दी ४ मित्यालको मौलाथरमा  घाटु नाच भइरहेको छ ।

बुद्ध जयन्ती तथा चण्डीपूर्णीमा अवसरमा नचाइने यो घाटु नाच ३ दिनको दिन आज आईतबार विधिवत रुपमा सेलाईन्छ । विहानै देखि निराहर व्रतबसी कन्या केटीहरुको सामुहिक रुपमा यो घाटु नाच नचाइन्छ ।

रामायण कथामा आधारित यो नाच मगर सामुदायहरुको प्रमुख नाचको रुपमा लिइन्छ । पराम्परा देखि नै चलिआएको यो घाटु लोप हुन लागेकोमा भने चिन्ता लागेको स्थानीयहरु बताउछन् ।

५ नं. वडा अध्यक्ष दुर्गा बहादुर सोमैले यो मगर सामुदायको पराम्परागत तथा लोपोन्मुख घाटु नाचलाई जगेर्ना गर्न स्थानीयबासी नै लाग्नु पर्ने बताए। यो नाचमा युवापुस्ताहरुको चासो कम भएको हो की उनले भने ।

सोमैले अन्य ठाउँहरु लोप हुदै गएको घाटु नाच हाम्रो निस्दीमा अझै सम्म जिविदै छ यसलाई अझ युवा पुस्ताका कसरी हस्तान्तरण गर्न सकिन्छ यो विषयमा गम्भिरताका साथ हामी सबै मिलेर जर्गेर्ना गर्नु पर्ने बताए । हेरौ घाटु तस्बिरहरु

सबै तस्बिरहरूः प्रेमकान्छा मगर