रामपुरकाे कालीका माबिमा प्रअ नियुक्त

बोलीखबर   २०८०-०१-२५

पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ मा अवस्थित  कालिका माध्यामिक बिद्यालयको ब्यबस्थापन समितीले प्रधानाध्यापक र सह प्रधानाध्यापक एक कार्यक्रम गरि नियुक्त गरेको छ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि रिक्त रहेको प्र. अ. पदमा प्रा बि तह स्थायी शिक्षक मनिराज अधिकारी र सह – प्र.अ. पदमा शिक्षक ज्ञान बहादुर दर्जिलाइ नियुक्त गरेको हो।

कार्यक्रमका प्रमुख अतिथी रानाले धेरै बर्ष देखि शिक्षाको क्षेत्रमा हरेक समस्या हरुलाइ पार गर्दै एउटा छुट्टै पहिचान गराउन सफल स्कुल , आफुले पनि पढेको र अहिले यो अवस्थामा देख्न पाउँदा निकै गौरवान्वित छु र आगामी दिनमा यस बिद्यालयको चौतर्फी बिकास र शिक्षामा गुणस्तर कायम राख्नका लागि आवस्यक हरेक प्रक्रियाका लागि वडा र आफू सदैब लागिपरि एउटा नमुना बिद्यालय गराउनमा जोड दिने बताउनुभयो।

कार्यक्रममा रामपुर नगरकार्यपालिका सदस्य सिमा देबि थापा, शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर क्षेत्री , बिद्यालय ब्यबस्थापन समितिका सदस्य शिव बहादुर ठाडा र शिक्षक शान्ता

रेग्मीले आ- आफ्नो भनाइ राख्नुभएको थियो भने कार्यक्रम सन्चालन शिक्षक ज्ञान बहादुर दर्जीले गर्नुभएको थियोे ।