पाल्पा । रामपुरमा गएराती देखि विद्युत आफूति बन्द भएको छ । हावाहुरीका कारण
चापाकोट नगरपालिकाको निर्दिममा विद्युतको पोल भाँच्चिए पछि विद्युत आफूर्ति बन्द भएको हो ।
बुटवल पावर कम्पनीको गल्याङ्ग- रामपुर क्षेत्रको ३३ केभी प्रसारण लाईनमा अवरुद्ध भएपछि चापाकोटको केही भाग र रामपुर क्षेत्रका सेवाग्राहीहरु विद्युत सेवाबाट प्रभावित बनेको हो ।
बुटवल पावर कम्पनी रामपुर शाखाका अनुसार हिजो राती आएको हावाहुरी सहितको पानीलेका कारण पोल भाँच्चिएको छ । मर्मत कार्यभइरहेकोे जनाएको छ । विद्युत पोलनै परिर्वतन गर्नुपर्ने भएकाले विद्युत सुचारु हुन समय लाग्ने जनाएको छ ।


