पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौँ अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले सभापतिमा मन गहिरे निर्विरोध चयन गरेकाेछ । शाखाले गैरेको नेतृत्वमा सर्वसहमतीमा कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रामचन्द्र रायमाझी, खुल्ला उपाध्यक्षमा विष्णु खनाल र समावेशीतर्फ दानबहादुर हिस्की, सचिवमा विष्णुप्रसाद घिमिरे, सहसचिवमा इमान सिं राना, वविता विष्ट र सन्तोष सुनार, कोषाध्यक्षमा दिपक भट्टराई चयन भएकाेछ । सदस्यहरुमा किशन पोखरेल, जिवन तिवारी, मिना कुमाल, प्रकाश ज्ञावली, रमेश राना, भविश्वर पौडेल, सुमन कार्की, दुर्गा अर्याल, इवन राना र सुशील बस्याल रहेका छन् ।
नेपाल प्रेस युनियन जिल्ला शाखाले पाल्पामा बसेर पत्रकारिता क्षेत्रमा क्रियाशिल विभिन्न संचार माध्यममा कार्यरत पत्रकारलाई सम्मान गरेको छ । मानबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट कटुवाल खबर डटकमका सम्पादक दुर्गेश मल्ल, राजेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका संवाददाता इमान सिं राना, पूर्णमान स्मृति पत्रकारिता पुरस्कारबाट इमेज टेलिभिजनका संवाददाता एवं प्रेस युनियनका निवर्तमान सभापति भरत शर्मा, तिलकराम नेपाल स्मृति पुरस्कारबाट नवजनचेतना दैनिकका सहसम्पादक राचन्द्र रायमाझीलाई सम्मान गरिएको छ ।
त्यस्तै लक्ष्मण घिमिरे पत्रकारिता पुरस्कारबाट पत्रकार सरस्वती दंगाल, विकास पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका पाल्पा संवाददाता विष्णु खनाल, बालकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार एवं लेखक पुष्करराज रेग्मी र बुद्धिप्रसाद शर्मा र शोभा शर्माद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्रका संवाददाता कविराज नेपाललाई पुरस्कृत तथा सम्मान गरिएको छ । पुरस्कृत पत्रकारलाई नगद, सम्मान पत्रले सम्मान गरिएको हो ।


