पाल्पा । अनेरास्ववियु सहिद क्याम्पसले क्याम्पसमा पुस्तक हस्तान्तरण गरेको छ। आफ्नो स्थापनाको ५९औ स्थापना दिवसको अबसरमा पुस्तक हस्तान्तरण गरिएको हो ।
पुस्तक हस्तान्तरण गर्दै अनेरास्ववियु जिल्ला कमिटी सचिव मदन आचार्य र जिल्ला कमिटी सदस्य सन्देश ढकालले सङ्गठनका बिषयमा जानकारी गराउनु भएको छ । सहिद बहुमुखी क्याम्पसका क्याम्प प्रमुख मुरारी प्रसाद काफ्लेलाइ पुस्तक हस्तान्तरण गरिएको छ ।
पुस्तक बुझ्दै क्याम्पस प्रमुख काफ्लेले विद्यार्थीहरुलाइ धन्यवाद दिनु भएको छ । विद्यार्थीका निम्ति खुलेका सङ्गठनले विद्यार्थीका लागि काम गर्न आग्रह समेत गर्नु भएको छ ।
बि.स. २०२२ जेठ १ मा सम्पुर्ण विद्यार्थी संगठनहरुको आग्रज को रुपमा स्थापित भइ गर्भिलो इतिहास बोकेको देशकै पहिलो विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो स्थापनाको अबसरमा पुस्तक हस्तान्तरण गरेको हो । विद्यार्थी को हक हित र अधिकारको लागि सदैब अग्र पङ्तिमा रहि आवाज उठाउने विद्यार्थी संगठन, सम्पुर्ण विद्यार्थीहरूको हात मा हात काँध मा काँध मिलाई हरेक पल दु:ख सुख मा साथ दिने,प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बिद्यार्थी हक हित को लागि आवाज उठाउदै गर्दा शहिद हुनुभएका शहिद बिद्यार्थी हरु लाई स्मरण गर्दै ५९ औ स्थापना दिवस को आबसरमा हाम्रो यश शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको पुस्तकालय संचालन गर्न सहजता को लागि तथा विद्यार्थी हरुमा बाहिरी ज्ञानको आबसर प्रदान गर्न को निमित्त अनेरास्ववियु क्याम्पस कमीटिको तर्फबाट विभिन्न विषयका पुस्तकहरु हस्तान्तरण गरीयो ।




