पाल्पा । रामपुर नगरपालिका वडा न ३ केलादी क्षेत्रमा आफ्ना पुर्खाले निर्माण गरेको मन्दिर खोज्दै पनातिहरु पाल्पाकाे रामपुर आइपुगेका छन् । ऐतिहासिक शिवालय मन्दिर, गुठी र मन्दिर खाेज्दै यहाँ आइपुगेका हुन् ।
मन्दिर स्थापना गोर्खाका पाण्डेहरुले गरेको शिलालेख छ । त्यस्तै त्यही राधाकृष्णको मन्दिर जुन पराजुलीहरुले स्थापना गरेका हुन् । राधाकृष्णको अर्काे मन्दिर कडेंलहरुले स्थापना गरे भने राधा श्यामको मन्दिर पनि छ ।
अर्को मन्दिर लक्ष्मीनारायणको मन्दिर रहेको छ । जसको स्थापना १९६३ मा भएको देखिन्छ । हाल यी सबै जसो मन्दिरहरुले आफ्ना पुस्ता संरक्षक खोजिरहेको छ । पनाति ऋषीराम भट्टराईका अनुसार उनलाई आफ्नो मन्दिर संरक्षणका लागि जिजु हजुर बुबाले सपनामा मन्दिर संरक्षण गर्न भनिरहनु भयो त्यसै सगै मन्दिर खोज्दै आएको बताए । उनका अनुसार आफ्ना हजुर बुबाले स्थापना गरेको मन्दिरका बारेमा बताउनु भएको बताउछन् ।

उनका अनुसार बुबा पढ्न र रोजगारका सिलसिलामा बर्मा जाने क्रममा यस क्षेत्रमा बासबसी कृष्ण गण्डकीको तटमा आफ्नो मनकामना पुरा होस भनि सिला (शालीकराम) स्थापना गरेको र पछि बर्माबाट फार्केर आउँदा मन्दिर बनाएको बताउछन् । उनिहरुको जिजु हजुरबुवाले गुठि १ मोहरमा ३० मुरि माटो किनेको बताउछन् ।
खेत रजघरा बजार माथि रहेको र हाल पनि मन्दिर सन्चालनका लागि भेटी दिने गरेको पुजारी कमल तिवारीले बताएका छन् । मन्दिर वरिपरी पखाल लगाएको मन्दिर क्षेत्रको जग्गा स्पष्ट देखिन्छ । स्थानियबासीका अनुसार पुराना सुनको जलप लगाएको मुर्ति पहिलेनै चोरी भैसकेको हो भने हाल पनि केहि मर्तिहरु रहेको छ ।
आफ्नो पुर्खाको धरोहर बचाउन र गुठि संरक्षणका लागि लगी पर्न पनाती विमल भट्टराई बताउछन् । मन्दिर स्थापनाकर्ताका नातिनी बुहारी एकमाया भट्टराईले ससुरा र बुढा ससुराले यस मन्दिर र यस क्षेत्रको बारेमा कुरा गरिरहने र आउन खोज्दा खोज्दै ससुराको निधन भएको बताईन् ।
यस मन्दिरमा रहेको पुरानो घण्टीमा इतिहास लेखिएको स्पष्ट देख्न सकिन्छ । जसमा लेखिएको छ, श्री नेपाल तनहुँ वन्दिपुर दमदमे थुम्का बस्ने वाशिष्ठ गोत्रीय चिरेश्वर शर्मा भट्टराईका पुत्र भाष्कर तनहुँका छोरा जेष्ठ जोर्तिविध खडानन्द ,महिला पण्डित हरि भक्त, साहिला वेद्वान डिल्लीराम कान्छा पण्डीत जीवनिधि र पत्निहरु जीवा व्रामण्डीहरुले श्री कृष्ण धाम केलादिघाट मन्दिर स्थापना १९६३ साल चैत्र १२ गते सोमबार इति सम्वत १८२८ लेखिएको छ ।
पनातीहरु ऋषीराम भट्टराई, निर्मल भट्टराई, विमल भट्टराई, पनातीनी देवका अधिकारी लगाएत सबै परिवारका सदस्यहरु आएका छन् । उनीहरुले मन्दिर सरसफार्ई गरि रुद्री पुजा समेत गरेका हुन् । उनीहरुले आफ्ना गुठियारलाई समेत भेटेका छन् । हाल गुठिको खेतमा ६ जनाले गरी खाएको पुजारी तिवारीले जानकारी गराए । भट्टराई बन्दुका अनुसार गुठी संरक्षणका लागी स्थानिय सरकार संग सहयोग माग्ने विमल भट्टराई बताउछन् ।


