पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर पाल्पाले नयाँ नगर समिति चयन गरेको छ । रामपुरको बेझाँडमा भएको नगर भेलाले उक्त समिति चयन गरेको हो ।
भेलाले अर्जुन प्रसाद श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको छ । रास्वपा रामपुरले सर्वसम्मत रुपमा श्रेष्ठलाई सभापतिमा चयन गरेको रास्वपा रामपुरले जनाएको छ । उपसभापतिमा भोज राज डोटेल (कैलाश), सचिवमा जोगन भुजेल, कोषाध्यक्षमा प्रतिक्षा पोखरेललाई चयन भएकोछ । सदस्यहरुमा ईश्वर अधिकारी, टेक बहादुर क्षेत्री, राविया खातुन, महेश ढकाल, जंगबहादुर सुनार, सन्तोष पौडेल र मथुरा रेग्मी रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै श्रेष्ठले रामपुरका १० वटै वडाहरुमा संगठन विस्तार गर्दै परिवर्तन हामीबाटै सुरु गर्नुपर्ने बताएका थिए । श्रेष्ठले न्यायोचित समाज निर्माणका लागि युवाहरुले मात्रै गर्न सक्ने बताएका थिए । बेथिति र विसंगतीहरुलाई अन्त्य गर्दै समाज सुरक्षाको प्रत्याभुति दिने कुरामा जोड दिएका थिए । कार्यक्रम सुशिल लम्सालको स्वागत तथा मथुरा रेग्मीको संचालनमा चलेको थियो ।


