पाल्पा । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा रामपुर नगरपालिका पाल्पाको बेरुजु बारे प्रष्टयाउदै रामपुर नगरपालिकाले प्रेस बिज्ञप्ती प्रकाशित गरेको छ ।
नगरपालिकाले एक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र सामाजिक संजालमा वेरुजु रकमका सम्बन्धमा केही दिन देखि भई रहेको टिका टिप्पणी प्रति ध्यानाकर्षण जनाएको हो ।
आर्थिक वर्ष २०७८र०७९ को महालेखा परिक्षकको कार्यालयले ६६ करोड ८० लाख ७ हजारको बेरुजु भन्ने प्रतिवेदनमा उल्लेख भएकोले त्यसो नभएको र बेरुजु ९ करोड ८० लाख ७ हजार रुपैयाँ मात्रै रहेको बिज्ञप्तिमार्फत उल्लेख गरिएको छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाद्वारा हस्ताक्षित बिज्ञप्तिमा थापाले नेपालको आर्थिक प्रशासनको मूल्य मान्यतालाई आत्मसाथ गर्दै आर्थिक सुशासन प्रवद्र्धनका लागि नगरपालिका सदैव तत्पर रहेको भन्दै वास्तविक तथ्य नखोजी कार्यालयको आर्थिक सुशासन प्रति गरिएको अनर्गल प्रचारको पछि नलाग्न सबैमा अनुरोध समेत गर्नु भएको छ ।
महालेखा परिक्षकको कार्यालयको सम्पूर्ण तथ्य सहितको जानकारी सार्वजनिक गरिने जनाएको छ । विज्ञप्ति मार्फत नगर प्रमुख थापाले नगरपालिकाको वित्तिय कारोबारको शुद्धता, पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्न नगरबासीमा अनुरोध समेत गर्नु भएको छ । साथै तथ्य सहितको जानकारी प्रेस मिटमार्फत सार्वजनिक गर्ने नगरपालिकाले जनाएको छ ।



