पाल्पा । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक रामपुर नगरपालिकाकाे बेरूजुकाे प्रतिवेदनमा केही त्रुटी भएपछि रामपुर नगरपालिकाले पत्रकार सम्मेलन गरेकाे छ । प्रतिवेदनको आधारमा समाचार प्रकाशन तथा टिकाटिप्पणी भए पछि सच्याएर आएको प्रतिवेदनको बारेमा जानकारी दिन विहिबार नगरपालिकाले पत्रकार सम्मेलन गरेको हाे ।
महालेखा परीक्षकणको प्रतिवेदन २०७९ मा भएको प्राविधिक त्रुटी सुधार पश्चात बेरुजुको अवस्था बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरको बेरुजुलाई सके सम्म शुन्य बनाउने प्रतिवद्धता जनाउनु भएको छ । नगर प्रमुख थापाले विधी तथा प्रक्रियाको विषयमा ज्ञान नहुँदा सैद्धान्तिक बेरुजु बढेको देखिएको बताउँदै यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नगरको बेरुजु सके सम्म शुन्यमा झार्न प्रयास गर्नेछौं । यदि नसके अत्यन्तै न्यून गर्न नगरपालिका लागि पर्नेछ ।” थापाले बेरुजुको विषयलाई लिएर जानकार व्यक्तिहरुले बाटै पनि नकारात्म टिप्पणी गरेको देख्दा दुःख लागेको बताउनुभयो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अर्थिक वर्ष २०७८र०७९ को बेरुजु ३ करोड ४७ लाख ७३ हजार र यस अघिको अद्यावधिक बेरुजु ६ करोड ५० लाख १० हजार गरी कुल ९ करोड ९७ लाख ८३ हजार हुनु पर्नेमा यस अघि प्रतिवेदनमा कुल ६६ करोड ८० लाख ७ हजार हुन पुगेको थियो । महालेखाले प्रतिवेदनको विवरण सुधार गरे संगै नगरपालिकाले बेरुजुको अवस्थाको बारेमा स्पष्ट पार्न पत्रकार सम्मेलन गरिएको प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले सुरु देखि नै थपिदै आएको बेरुजु र गत वर्षको बेरुजुमा अल्या गर्दा त्रुटी देखिएको महालेखा परीक्षकको कार्यालयलाई पत्राचार गरे पछि सच्चिएर आएको बताउनुभयो ।

गत वर्षको ३ करोड ४७ लाख ७३ हजार बेरुजु मध्ये १० लाख १२ हजार असुल उपर गर्नु पर्ने, ८० लाख १८ हजार प्रमाण कागजपत्र पेश गर्नु पर्ने र २ करोड ५७ लाख ४३ हजार नियमित गर्नु पर्ने बेरुजु रहेको जानकारी दिनुभयो ।
माथिल्लो भाषामा तथ्याङ्क सहि भए तालिकामा फरक पर्दा समस्या आएको भन्दै व्याय अनुसार बेरुजु कायम हुनु पर्नेमा अन्यथा भएकाले प्रतिवेदन र वेव साईटको सूचना संशोधन गरिएको पत्र महालेखा बाट प्राप्त भएको जानकारी दिनुभयो । उहाँले ०७७÷७८ मा ५६ लाख बेरुजु समपरिक्षण भएको र अन्य बेरुजु फस्यौटका लागि पनि पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकारहरुले राखेका जिज्ञासा माथि आन्तरिक लेखा परीक्षक हृदयश पन्थीले जवाफ दिनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहाकार दान बहादुर हिस्कीले गर्नु भएको हो ।


