पाल्पा । निस्दीको मगर संस्कृति संग्राहलयको हलमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० सम्पन्न भएको छ । पूर्व पाल्पाको निस्दी–३ काउलेडाँडामा स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि निस्दीमा मिनी महोत्सब सम्पन्न भएको हो ।
निस्दी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि मुक्त बहादुर सारुले ब्यानर पढेर उद्घाटन गर्दै हाम्रो मौलिक लोक संस्कृति नाचहरु हराउदै गएकाले यसलाई संरक्षण गर्नुपर्ने बताउनु भएको थियो । सारुले हाम्रो संस्कृतिलाई जिवन्त राख्न अबका युवाहरुको काँधमा रहेको बताउदै लोक संस्कृतिलाई बचाउनका लागि निस्दी गाउँपालिक युवाहरुको साथ रहेको बताउनु भयो ।
महोत्सवमा निस्दी गाउँपालिकाका प्रशासकीय अधिकृत धु्रव दयाल, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
महोत्सवमा निस्दीको ७ वटै वडाहरुबाट मौलिक नाच सहित झाँकी प्रर्दशन गरिएको थियो । कौरा, सलैजो, झयाउरे, ठूलो नाच (नाचरी) प्रर्दशन गरिएको थियो ।
आन्तरिक तथा वाह्य पर्यटकको लागि नयाँ सम्भावनाको खोजी र त्यसको प्रचार प्रसार गर्दै समग्र पर्यटन विकासको लागि भूमिका खेल्ने उद्देश्य स्वरुप महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ । महोत्सवमा निस्दीले जन्माएका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । पाल्पा लोक आइडल धनमाया दिसुवा, पुजा सारु, खेम शाही ठाकुरी लगायतका कलाकारहरुले आफनो प्रस्तुती राखेका थिए
निस्दी लोक चौतरीको आयोजनामा सम्पन्न मिनी महोत्सवमा निस्दी गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।
तस्बिरहरूः प्रेमकान्छा मगर