अत्याधिक गर्मीका कारण रामपुर नगरपालिकाका शैक्षिक संस्थाहरुमा ५ दिन विदा

बाेलीखबर   २०८०-०२-२८

पाल्पा । रामपुर नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई विदा दिएको छ । अत्याधिक गर्मीका कारण विद्यालय संचालन गर्न कठिनाइ भएकोले विदा दिएको जनाएकाे छ।

रामपुर नगरपालिकाको शिक्षा शाखाको मिति २०८०।०२।२८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दे २०८० जेष्ठ २९ गते देखि असार १ गते सम्म रामपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा विदा दिने निर्णय गरेको हो ।

अत्याधिक गर्मीका कारण विद्यालय संचालन गर्न कठिनाई आएको, विद्यार्थीहरुको स्वास्थ्यमा समेत असर परेको भनी विद्यालयहरु र अभिभावकहरुबाट गुनासो आएको तथा नेपाल विद्यार्थी संघ रामपुर पाल्पा र अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन रामपुर पाल्पाबाट समेत ज्ञापन आएको हुदाँ बर्षे/हिउदे विदामा मिलान हुने गरी विदा दिइएको रामपुर शिक्षा शाखाले जनाएको छ ।

साथै तातो हावा तथा लूबाट बच्न सतर्कताका सुझावहरु सम्प्रेषण गर्न विद्यालयहरुलाई अनुरोध समेत गरेकोछ ।

तस्बिरःफाइल