पाल्पा । तिनाउ गाउँपालिका ३ सिद्दबाबास्थित तिनाउ खोलामा डुबेर भारत गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षीय बिपिन धुसीयाको सोमबार साँझ मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यसैगरी, पाल्पा, रैनादेबी छहरा गाउँपालिका ८ जलुके झर्ना भन्ने ठाउँमा पौडी खेल्ने क्रममा डुबेर रुपन्देही शुद्धोधन गाउँपालिका २ रजाड बस्ने २२ वर्षीय सन्जय चौधरीको सोमबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाेछ ।


