पाल्पा । मानबताका लागि योग भन्ने नारा सहित आज रामपुरमा नबौ योग दिवस मनाइएको छ । रामपुर नगरपालिका वडा न ७ किसानबारीमा योग दिवस मनाइएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथी श्रेष्ठले बोल्दै योग स्वास जिबनको लागि अपरिहार्य भएको बताउदै सबैले यसका विधि अबलम्बन गर्नु पर्ने बताएका थिए छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने , नेपाली काङ्ग्रेस नगर सभापती नेत्र भट्टराई , नेकपा एमाले नगर अध्यक्ष बिष्णु प्रसाद रेग्मी , सल्लाहकार दामोदर भण्डारी , लगाएतले आफ्ना कुरा राखेको थियो ।
वडा न ७ का वडा अध्यक्ष एब योग समिति उपाध्यक्ष दोबराज तिवारीको स्वागत, रामपुर योग समितिका अध्यक्ष सुदिप गैरेको अध्यक्षता र कबिराज चेमन प्रकाश पोखरेलले कार्यक्रम सन्चालन गरेको थियो ।


