वडा सभामा उत्कृष्ट उपभोक्ता असल बुहारी,दम्पतिलाई सम्मान

बोलीखबर   २०८०-०३-०९

पाल्पा । पाल्पाको रामपुरमा चालू आ ब मा उत्कृष्ट उपभोक्ता समिति असल कर्म गर्ने बुहारी, दम्पत्तिलाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम, वजेट तर्जुमा सम्बन्धी वडा सभा तथा सम्मान कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । कार्यालयले वडाभित्र रहेका असल बुहारी, असल दम्पत्ति सहित ज्येष्ठ नागरिक,समाजसेवी, उत्कृष्ट उपभोक्ता समिति, कर्मचारी सहित निवर्तमान वडाका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

शुक्रवार उत्कृष्ट उपभोक्ता समिती बोटेनिमारा देखि कृष्णादेवी सम्मको मोटरबाटो स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष तिलकबहादुर कुमाल, सचिव शिशिर कुमाल, असल बुहारी मथुरा घिमिरे, असल दम्पत्ति टुकबहादुर थापा र लेखमाया थापा, ज्येष्ठ नागरिक÷समाजसेवी भुमबहादुर थापा, उत्कृष्ट कर्मचारी तारानाथ पोखरेल, निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, निवर्तमान वडा सदस्यहरु भिमबहादुर खड्का, नुरबहादुर थापा, कार्यपालिका सदस्य तथा वडा सदस्य तेजकुमारी गैरे, नगर उपप्रमुख बालकुमारी थापालाई सम्मान पत्र, छाता र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यो कार्यक्रम रामपुरमै वडा नं २ मा पहिलो पटक भएको छ । यस्ता कार्यक्रमले स्थानीयमा उत्साह छाएको छ । यस वडाले सुरु गरेको कार्यक्रम नगरपालिका कार्यालय तथा अन्य वडामा पनि सिको गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

वडाध्यक्ष कृष्ण बहादुर दर्जीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले टोल विकास समितिबाट छनौट भई आएका विभिन्न योजनाहरु सहभागीहरुलाई जानकारी गराउनुभएको छ । वडाको प्राथमिकताको आधारमा टोल विकास समितिमार्फत योजना सङ्कलन गरी ल्याइएको र सो योजनालाई क्रमिक रुपमा वडाको आवश्यक अनुसार काम गर्दै वडाध्यक्ष दर्जी बताउनुभयकोछ ।

आर्थिक बिकासको बर्ष को रुपमा लिने नीति अबलम्बन गरेको बताउदै नया बिकासको योजना भन्दा उत्पादन सङ जोड्ने, मोटरबाटो स्तरोन्नती, खानेपानी मर्मत, कुलो मर्मत, आमा समुहको भवन निर्माण, विपन्न परिवार स्वास्थ्य बिमा, खेलमैदान निर्माण, घरेलु उद्योग आरन व्यवस्थापन, वडा नं २ र ३ जोड्ने निस्दीखोलामा पक्की पुल निर्माण, कालीगण्डकी करिडोरको पक्की पुलमा ड्याम बाँधी निस्दीखोलाको तलाउ निर्माण, घन्सारबारीदेखि घिमिरेटार फाँटसम्म मकै पकेट क्षेत्र, प्रतिक्षालय निर्माण, ठूलोपाखा सामुदायिक वनमा जडीबुटी बिस्तार, वडा नं २ को वडा कार्यालय भवन निर्माण, दलित भवन निर्माण, पशुपालन, मौरीपालन कार्यक्रम, बाँदरकुना पर्यटन प्रवद्र्धन, सेराटोल चौतारी निर्माण, बाल उद्यान निर्माण, विद्यालयको कक्षाकोठा मर्मत, कुमाल सँस्कृती सोरठीनाच सामान खरिद तथा संग्राहालय निर्माण, बेरोजगार युवा सीपमुलक कार्यक्रम लगायतका योजना टोल विकास समितिबाट वडामा आएको वडाध्यक्ष दर्जीले बताउनुभएको छ ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, पुर्ब जनप्रतिनिधि खम बहादु जिसि,बोम बहादुर थापा नेपाली कांग्रेस वडा सभापति देवबहादुर राना, नेकपा एमाले प्रतिनिधि पदमबहादुर कुमाल, स्थानीय पञ्जिकाधिकारी तारानाथ पोखरेल, सरस्वती माविका प्रधानाध्यापक रामचन्द्र पोखरेल, दुर्गादेवी सामाजिक उद्यमी महिला समूह अध्यक्ष विजु घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ल लगायतले वडाका विकास निर्माणका सन्दर्भमा आफ्ना भनाई राख्नुभएको छ ।

कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो भने न्यायपालिका सदस्य तथा वडा सदस्य तेजकुमारी गैरेले स्वागत गर्नुभएको हो ।