पाल्पा । बिहीबार देखि परेको अविरल वर्षाद संगै कालीगण्डकी करिडोर अन्तर्गत रामपुर-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको छ । रम्भा गाउँपालिका वडा २ र वडा नं। ३ को सिमानामा रहेको सहर्दी खोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पानी परिरहेकाले विहान देखि खस्न सुरु भएपनि पहिरो झर्ने क्रम नरोकिएकोले बाटाे अवरुद्ध बनेकाे छ । पहिरो खसिरहेकाले सडक खुलाउनका लागि समय हुगी प्रहरीचाैकीले जनाएकाे छ । सडकमा यात्रु वाहक तथा मालबाहक गाडीहरुको लाम लागेको छ ।


