पाल्पा । साेमबार बिहानै देखि परेको अविरल वर्षाद संगै कालीगण्डकी करिडोर अन्तर्गत रामपुर-पिपलडाँडा सडकखण्ड पुनः अवरुद्ध भएको छ । रम्भा गाउँपालिका वडा २ र वडा नं। ३ को सिमानामा रहेको सहर्दी खोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले विहान देखि खस्न सुरु भएपनि पहिरो झर्ने क्रम नरोकिएकोले बाटाे अवरुद्ध बनेकाे छ । पहिरो हटाउने कार्य भइरहेकाेछ केही समय पछि बाटाे सुचारू हुने पत्रकार कृष्ण पाैडेलले बाेलीखबरलार्इ बताए । पहिराे खसिरहेकाले सडक खुलाउनका जनप्रतिनिधी तथा प्रहरी खाटिरहेकाे हुँगी प्रहरीचाैकीले जनाएकाे छ । सडकमा यात्रु वाहक तथा मालबाहक गाडीहरुको लाम लागेको छ ।

तस्बिर साैजन्यः कृष्ण पाैडेल


