व्यवसायिक पत्रकारिताको धरातलीय सुविधा भन्दा केही दुर रहि नितान्त लोक आवाजको प्रतिनिधित्व र जनभलाईको प्रयोजन प्रतिविम्वित हुने लेखन तथा प्रकाशनको प्रारम्भिक यात्रामा छु ।
प्रिय, पाठकका हौसला र उत्प्रेणाले यो कार्यलाई अविछिन्न राख्न उर्जा मिलेको छ । क्षेत्र नउठे राष्ट्र उठ्दैन समाजमा जरा गाडेको विष उखेलेर कल्पवृक्ष रोपाणको निम्ति संघर्ष अजस्र बनाउनु तपाईका उर्जावान लेखनमा समाजका दुःख आश्रु र दर्द भेटिन्छ ।
समाज बुझ्न दर्पणको रुपमा तपाईका लेखन प्रस्तुतिहरुलाई हेर्ने गरेका छौ । सामाजिक क्रान्तिको संघर्ष डिट्टो यो स्वरुपको हुनुपर्दछ तसर्थ तपाईका प्रस्तुतिकरणमा समाज बदल्न सक्ने सुन्दर आशाका क्षितिजहरु देखिन्छन । यस्ता हौसलात्मक प्रतिक्रिया मार्फत मलाई एक खालको लेखन भोक बढाउने राग भर्दिनु हुन्छ । एक सामाजिक उत्तरदायीत्व बुझेको भुइँमान्छे हुँ ।
अभिभारामा औपचारिकता थपिएको वोध हुन्छ र कहिले बाेलीखबर त कहिले निस्दि आवाजमा आफ्नो भावनाको लेप लगाउने गरेको छु । त्यसकै निरन्तरताको पहेली यो अर्को लेखन शृङ्खला हो । प्राय ‘म’ विकराल अवस्थाको समाज र मानव भएर सुव्यवस्थित शासन अनुभुति र सुख सुविधा भोग गर्न नपाएको विडम्बना प्रति हद सम्म सोच मग्न हुनेगर्छु अनि कलमद्वारा सामाजिक अधिकार र मानव बिचको खाडलका यथार्थ उतार्ने धृष्टता गर्छु ।
‘मलाई लाग्छ’ अपरिवर्तन विरुद्व कलम एक शान्तिपूर्ण विद्रोह हो’ लेखनबाटै सामाजिक र राजनैतिक विकृति उजागर गर्ने प्रयत्नमा धेरै जना मौजुद समस्या लिपीवद्व आशयका साथ आएका छन त कोही न्यायका निम्ति कानुनी व्यख्यता गुहार्नु पर्ने कृतिकाल समस्यसंग जुढि रहेका समस्य लिइ परामर्शका निम्ति आएका छन् ।
‘मलाई लाग्छ’ अपरिवर्तन विरुद्व कलम एक शान्तिपूर्ण विद्रोह हो’ लेखनबाटै सामाजिक र राजनैतिक विकृति उजागर गर्ने प्रयत्नमा धेरै जना मौजुद समस्या लिपीवद्व आशयका साथ आएका छन त कोही न्यायका निम्ति कानुनी व्यख्यता गुहार्नु पर्ने कृतिकाल समस्यसंग जुढि रहेका समस्य लिइ परामर्शका निम्ति आएका छन् । तर नामको कानुनी राज्यभएता पनि न्याय पाउन सहज छ त ?
मैले बुझे सम्म न्याय विक्रय हुने देश हो कानुनी राजमा पाकिरहेको अर्कै प्राय छ । सोच्दै भाउन्न छुट्ने आखिर समाजलाई कहिले समाज मैत्रीको रुपमा पाउने ? यो प्रश्न परिस्थितिले जवर्जस्त सृजना गरेको छ ।
सामाजिक मौसम खलबलियो भने त्यस्को सामान्ययीकरणको लागि वैधनिक पहलकर्ता नेताहरुनै हुनुपर्ने हो । समाजलाई शुसंस्कृतको लयमा ल्याउन तथा हिडाउन नसक्ने नेताहरुलाई नेता बन्न बाध्यता किन पर्छ ? पहुँचमा आएका समस्य केही तत्काल लेख्छु बोल्छु केही म भित्रै विचाराधीन छन् । केही सहज रुपमा विमर्श विना बोल्न मिल्ने समस्य जस्तै खानेपानी गन्तव्य सम्म नआइपुग्दा उपभोक्ताले झेल्नु परेको कष्टकर अवस्थाको आवाज बोलेको थिएँ ।
नेतृत्वद्वारा सुनुवाइ भएको छ । अनुग्रहित छु, स्तुत्य काम भएको छ । अनि धन्यवाद ! यद्यपि जनताले बोल्नै नपर्ने गरि जनप्रतिनिधी स्वयम घट्ना स्थल अवलोकन गरि कैफियत विना विषयको सम्वेदनशीलता बुझेर क्षतिपूर्ति घोषणा गरेको भएकहानी खुप प्रिय हुने थियो ।
जनप्रतिनिधीबाट अहिलेको समयमा जनताले यो अपेक्षा गरिरहेका छन । हालै सम्पन्न लैङ्गिक असमानता शिर्षक आधारित कार्यक्रम आलोचनाको विषय बन्यो धेरैले आर्थिक अनुशासनका खिलाफ भएको जिकिर पनि गरे विकास दिन छाडेर यस्ता अप्रीय काममा पुँजी सकाउने काम भएको दावी गरेका छन् । यो विषयमा राय लिन मैले निस्दी की एक अध्ययनशील महिला मित्रसंग पालिकाद्वारा सञ्चालित यो कार्यक्रम नितान्त महिला मैत्री देखिन्छ । यस्ता कार्यक्रमबाट कतिको खुसी हुनुहुन्छ भनेर सोधिएको मेरो प्रश्नमा ःयस्ता कार्यक्रम गरेर बजेट सकाउनुको साटो विकास गरेको भए हुने केही रकम भन्दा १२ पास पछिको आवश्यकता भनेका ेत्यै अनुसारको सम्मानित जागीर हो । त्यो नभए दिर्घाकालिक रुपमा फाइदा पुग्ने सीपमुलक तालिम व्यवस्था गरेको भए हुन्थ्यो । पुरास्कारार्थ केही रकम बाँड्ने काम यो चित्तबुझ्दो र समय सुहाउदो कार्यक्रम होइन भन्दै थप्नु भयो । मोटर बाटोको अवस्था दयनिय छ । नागरिकलाई यात्राको लागी पनि जोखिमपुर्ण छ । विजुली त झन आकै छैन भनेर यस्तो भाबुक तुल्याउने जवाफ दिनु भयो ।
मैले अर्को प्रश्न थापे हाम्रो ठाउँ परिवेशको हकमा यो लैङ्गीक असमानता जस्ता शिर्षक आश्रीत कार्यक्रमहरु आउनु आजको अवस्थामा कतिको सान्दर्भिक लाग्छ, मेरो प्रश्नमाः यो सबै कोणबाट सान्दर्भिक छ भन्नै सकिन्न नेता आफैले यस्ता पितृकसत्तात्मक सोच बोकेको हुनाले यस्ता स्किम बनेका हुन् । महिला भएकैले हामीले त्यस्तो भोग्न वा अनुभव गर्न परेको छैन् । छरछिमेकमा पनि केही देख्दिन भन्नुभयो । अनि बाल विवाहको दर बढेको रिपोर्ट आउछन् नि ? भनेर प्रश्न गर्दा–यस्को प्रमुख कारण शिक्षा हो र अशिक्षाले यस्तो फेनामेना बढाउदछ । विद्यार्थीलाई स्कुलतहबाटै एउटा उद्देश्य बोक्न सक्ने वौद्विक विकासशील मान्छे बनाउन सक्ने, प्रगतिशील शिक्षण चाहिन्छ । सके नर्स बन्छु अथवा वित्तिय सस्थामा जागिर खान्छु, उद्यमी बन्छु, सानैबाट हामीले यस्तो अठोट लियौ भने चाडै विवाहको सोच आउने कुरै भएन र ध्यान पढाइ प्रति आकार्षित रहन्छ ।
विद्यार्थीलाई स्कुलतहबाटै एउटा उद्देश्य बोक्न सक्ने वौद्विक विकासशील मान्छे बनाउन सक्ने, प्रगतिशील शिक्षण चाहिन्छ । सके नर्स बन्छु अथवा वित्तिय सस्थामा जागिर खान्छु, उद्यमी बन्छु, सानैबाट हामीले यस्तो अठोट लियौ भने चाडै विवाहको सोच आउने कुरै भएन
सात आठ क्लास बाटै यस्तो सपना र सोच आउनु पर्छ भन्नु भयो । बढ्दो बाल विवाह गर्ने प्रचलनको तथ्याङ्क माथिको थ्रेडले गर्दा लैङ्गीक असमानताको अवधारणा आयो होला भन्ने लोक आकलन पनि छ । यद्यपि नेताले आफुले नेतृत्व गरेको शिक्षा क्षेत्रमापनि निग्रानी गर्ने काम गर्यो भने र सुधार ल्यायो भने नेताले यस्ता विवादित कार्यक्रमहरु बोक्दै हिड्न पर्दैन ।
बाल विवाहको तथ्याङ्कमा शिथिलता आउन अभिभावकीय भुमिका प्रभावकारी चाहिन्छ । स्कुलले मात्रै सोचेजस्तो सबल नगरिक उत्पादन गर्न करिव सम्भव हुदैन अभिभावक र स्कुलको माझन् मा एक सबल विद्यार्थी तथा सबल सन्तान समाजमा हुर्किने हुन् अहिलेको जस्तो कन्सिउस समाजले यो दर घटाउनु पर्छ र प्रशासनिक निति कार्यक्रमहरु हदसम्म शिक्षा विकास प्रती उदार भएको हुन आवश्यक छ ।
यस्तै अर्को अध्ययनशील र राजनितिक व्यक्तित्व सामु निस्दी ४ को हकमा त बजेटको आयाम सानो भएको चर्चा छ । केमा बजेट खर्च गर्ने निर्णय भएको छ नेतृत्वतहमा ? निस्दीका संस्थापन दलका युवा नेता प्रति इङ्गित गरेको प्रश्नमा; सेवा क्षेत्रलाई प्रथामिकिकरण अहिलेको आवश्यकता हो आकार र आयाम सानो रहेको बजेटको स्वरुप आउदा नेतृत्व पङ्क्ति हच्किएको अवस्था थियो । केही सडकहरुमा जोखिम पहिचान गरि सुधारका कामहरु होला र यसपाली युवा लक्षित बजेट बढाउन दबाब पु¥याउने प्रतिबद्धता जनाउनु भयो । खेलकुद सामाग्री वितरण कार्यक्रम अन्तर्गतको कार्य सम्पादनमा देखाएको कम्जोरी प्रति युवा असन्तुष्टि छन् ।
विपन्न वर्गका सामाजिक आत्मा सममान स्थापना सबै बालबालिकाको शिक्षण अधिकारको सुनिस्चितता सहितको स्मार्ट समाज समयको माग हो । कर्मकाण्डीको लागी मात्रै हुने समाजमा जिवन संघर्ष गर्न अभिशप्त छौं । फिन्ल्याण्ड्को जस्तो अब्बल र उच्चस्तरको शिक्षा नितिबारे अनलाईन माध्यहरुमा पढिरहेका हामीले इजरायलको जस्तो प्रविधिलाई मन्त्र बनाएर कृषी क्रान्ति सफल बनाएको विषय बारे पनि जनकार छौं ।
स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका वाकामलाङ, सहलकोट झिरुवास मित्याल गल्धा, अर्चले र ज्यामिरे गाउँ विकास समितिहरूलाई समेटेर निस्दी गाउँपालिका घोषणा गरे ।
देशले संघीय युगमा प्रवेश गरेसंगै विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका वाकामलाङ, सहलकोट झिरुवास मित्याल गल्धा, अर्चले र ज्यामिरे गाउँ विकास समितिहरूलाई समेटेर निस्दी गाउँपालिका घोषणा गरे । सोहि अनुसार वडा वडामा जनताका समस्या हेर्ने संस्था मौजुद छन् राज्य व्यवस्थाको परिकल्पना अनुसार गाउँ गाउँमा सिंहदरबार स्पष्ट भनेता पनि जनताले अनुभुति गर्न पाइरहेका छैनन ।
जनप्रतिनिधिले भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालय मातहत मातहत बाहेकका नपर्ने वडा तथा टोलका गरिमा उठाउने पुर्वधारविकास गरिरहेका छन् वा जनताका आधारभुत समाजिक सेवा सुविधा बढाउन पुर्वाधार विकास बढाइरहेका छन् ।
सडक पुर्वाधार निर्माणका कारण स्थानीय कृषक आफ्नो नियन्त्रणमा रहेका खेतीयोग्यजमिन प्राय गुमाउन पुगेकाले स्थानियबासीले जीवन निर्वाहको रोजगारी लायक जनशक्ति नभएको घर परिवारमा त झनै जीवन यापनधौ भैरहेको अवस्था छ । यहि वातविक गरिवी यो वर्गको निम्ति स्थानीय सरकारले के त्यस्तो प्रभावकारी नीति कार्यक्रम अगाडी बढाएकोछ त ? देशको आर्थिक विकासको लागि नागरिक तहमा आत्मानिर्भरता अपरिहार्य हो । दिगो आर्थिक विकासको लागि कृषि उद्वेश्य निर्वाहामुखी मात्र नभइ कमाइ मुखीको रुपमा स्थापित गर्नु पर्ने हुन्छ । यस अनुकुलको नीति कार्यक्रम ल्याउन सफल हुनुपर्दछ । यसपाली आकाशेपानी अभावको कारण किसान मारमा परेका छन् जनताले बेहोर्नु परेको क्षतिको बारे सोच्ने संस्था जनप्रतिनिधी नै हो ।
विकृती विसङ्गती बुझेर ढिला सुस्ती भ्रष्टाचार बुझेर समयले गुहारी रहेको आवाज पहिचान भएरै पनि नेताबाट समयकालमा पुरस्कृत हुने सम्भावना बाट बन्चित हुने डरले मौनधारण गर्ने भुल गर्छ मौनतासंगको ध्रुविकरणलाई कायम गर्छ भने यो र आगामी पुस्ताले त्यस्को भारि मूल्य चुकाउनु पर्ने अवस्य हुन्छ । बुझ्न ढिला गर्नु र भ्रष्ट नेताबाट पुरस्कृत हुनु आफ्नो कमजोर धरातल निर्माण गर्नु हो । त्यस धरातलमा आफू उभिनु हो । अन्तमा निम्न वर्गका सामाजिक आत्मासम्मानस्थापित गर्न आर्थिक स्थितिकै कारण जीवननै लिने जस्ता रोग लागेकाहरुलाई राज्यबाट हुने निशुल्क सुविधाको पहुँचमा पु¥याएर जीवन र मृत्यु संग लडिरहेकाको प्राण जोगाउन सबै बालबालिकालाई समष्टिगत रुपमा समान शिक्षित बन्ने वातावरण बनाउन सफल हुनुपर्ने र स्वास्थ्य शिक्षा पुर्वाधार र पर्यटन विकास स्मार्ट क्षेत्रको लागी पहिलो सर्त हो ।
सारू, निस्दीका उदयमान लेखक हुन् ।