पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका विषयमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश कार्यालय लाई ध्यानआकर्षण गराएको छ ।
पत्रकार महासंघ पाल्पाको २०८० असार ५ गते कार्यसमिती बैठकले निर्यण गरी पठाएका महासंघका सदस्यहरु लाई मापदण्ड विना व्यक्ति व्यक्ति छानी, चौतारी निकट रहेको भन्दै सिफारिस वितरितको कार्यको तयारी भईरहेको भन्दै प्रेश चौतारी पाल्पाले पत्रकार महासंघ लुम्विनी प्रदेश कार्यालय लाई ध्यानआकर्षण गराएको जनाएको छ ।
प्रेश चौतारी नेपाल लुम्विनी प्रदेश सह इन्चाज कमलराज तिमिल्सीना र पाल्पा अध्यक्ष कृष्ण कार्कीले पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लाई ध्यानाकर्षण बोधार्थ हस्तानतरण गरेका छन । पाल्पा शाखाले गरेको सिफारिस पुर्ण रुपमा कार्यान्वयनको लागी प्रेश चौतारी पाल्पा सयममै पत्रकार महासंघ लुम्विनी प्रदेश लाई ध्यानाकर्षण गराएको चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताए ।
सिफारिस भएका कुनै जिल्लाको नामावली हु बहु स्विकृत गर्ने, कुनै जिल्लाका व्यक्ति व्यक्ती छानी हटाउने अवस्था लुम्विनी प्रदेश पत्रकार महासंघले गर्ने छैन भन्ने हामी ढुक्क छौ, यदी यस्तो भएमा प्रेश चौतारी लुम्विनी लाई निर्यण मान्य नहुने र आन्दोलनमा जाने चौतारीका लुम्विनी प्रदेश सह इन्चाज कमलराज तिमिल्सीनाले बताए । यो ध्यानाकर्षण पत्रले थप आन्दोलनका कार्यक्रमको लागी समय खेर फाल्नुपर्ने अवस्थाको सिर्जनाहुनबाट रोक्ने प्रेश चौतारी पाल्पाले जनाएको छ ।


