बन्दना पोखरेल रामपुर पाल्पा
देशमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिका लागी भएको संघषमा महिलाहरुले आफ्नो ठूलो भुमिका र्निभाह गरेको छन् यसैको उपलव्धि स्वरुप देशमा गणतन्त्र आयो महिला राष्ट्रिपति समेत भएको अवस्थाछ तर महिला र बालिका ति गरिव र निमुखाको हालत भने अहिले सम्प पनी उस्तै छ । महिला तथा बालबालिका माथि थुप्रै हिंसा हुने र्गछन् जवरजस्ती करणी, घरेलु हिंसा , सामाजिक हिंसा यौन जन्य र्दुव्यावहार , बालविबाह जस्ता छन् । यसलाई सामान्य लिने पुरातनबादि हाम्रो समाज र सोच यसको उपज हो ।
समाजमा बढ्दो बालबिबाह रोक्न सरकारले कानुन निर्माण गरेको छ । २०७५ साल भदौ १ देखि लागु हुने गरि मुलुकि ऐन आएको छ । बालविबाहलाई फौजदारि अभियोग अन्तरगत राखिएको छ । कानुनमा विस वर्ष नपुगि विबाह गर्न नहुने यदि कतै यस्तो गरेको र गराईएको पाईएमा दण्ड सजायको व्यवस्था समेत गरिएको छ । तर बाल विबाह सामजिक अपराध हो भन्ने थाहा हुदा हुदै पनी नेपालि समाजमा बालविबाह रोकिएको छैन । समाजमा सानै उमेरमा विबाह गरेर दिनु अर्थात छोरिको विबाह गरि सुद्ध छोरिको जल खाएमा मुक्ति पाईने लोक तथा परलोकमा आफ्नो स्थान सुरक्षित गर्न सानो उमेरमा विबाह गरिदिने मानसिकता अझै कम हुन सकेको छैन । बाल विबाह भनेको कुनै पनि राष्ट्रको कानुनमा विबाह गर्न भनि तोकिएको उमेर भन्दा कम उमेरमा विबाह गर्नु वाल विबाह हो । विभिन्न देशमा आफ्ना आफ्ना उमेर समुह तोकिएको छ । नेपालको सन्दर्भमा भन्ने भने मुलुकि अपराध संहिता २०७४ मा विबाहको उपयुक्त उमेर विस बर्ष हुनु पर्छ भनि तोकिएको छ । २० बर्ष नपुगि गरीने विबाह बाल विबाह हो र यसरि विबाह गर्ने गराउने गरिएको खण्डमा कानुन बमोजिम कारबाहिको व्यवस्था समेत गरिएको छ । यसरि गरिने विबाह अपराध समेत मानेको छ । तर समाजमा परिस्थीति र परिवेश फरक रहेको छ ।
हाम्रो सस्कृति परम्परा मुल्यमान्यता क्षेत्र जातजाति र धर्मका आधार हेर्ने हो भने विबाह फरक फरक किसिमले गरिन्छ । तर यसको मुल मर्म एउटै हो । यस्ता विबिध खालको दायीत्व परीवारिक समस्या बुझ्न परिबारमा आउने आर्थिक संकटका बिषयमा बुझ्न र परिवारलाई मीलाएर राख्न सक्ने परिपक्कता र मानसिक र शारिरिक क्षमता उमेर नपुग्दै भैसकेको हुदैन तर समाजिक अवस्था भने बिपरित छ । छोरि महिनाबारि भए सगैँ ठूलि देख्ने र विबाह योग्य सम्झने हाम्रो समाजमा बाल विबाह अपराध मानीदैन । शारिरिक र मानसिक रुपमा परीर्वतन हुने उमेरमा बालबालिकाहरु बैवाहिक वन्धनमा बाधिन्छन् ।
जसले गर्दा परिपक्कता हुदैन सामाजिक रुपमा योैन जन्य हिंसा , अशिक्षा , कमजोर स्वास्थ्य जनसंख्या बृद्धि हुने र्गछ साथमा छिटो पढाई छोड्दा अशिक्षाका कारण आर्थिक समस्या समेत र्पछ ,अन्धविश्वास र कुरिती बढ्छ पारिवारीक कलहको बाताबरण बन्न जान्छ ।
बालविबाहको दर उच्च रहेको देश मध्य नेपाल एसियामै तेस्रो मुलुक हो । अहिले कानुन र सामाजिक अवस्था फरक छ । विस बर्ष पुरा नहुदै विबाह गरेर घरबाटै दिने चलन अझै घटेको छैन । अर्का तीर प्रेम विबाहका नाममा पनि कीशोर किशोरिहरु भाग्ने र विबाह गर्ने र्गछन् । जसले गर्दा कानुनको धज्जी उडीरहेको छ । समाजमा जान्ने सुन्ने र बुझ्ने भनिएका र आफूलाई जान्ने सम्झनेले पनी छोरिको विबाह उमेर नपुगी गरिरहेका छन् ।
यस विषयमा कोहि केहि बोल्यो र सम्झाउन खोज्यो भने केटा राम्रो खानदानको सम्पती भएको र आफ्नो परिवारको लागि योग्य जस्ता कुरा गरि विबाह अहिले पनि भैरहेको छन् समाजमा यस्ता कुसस्कार अन्य गर्नका ल्यार्ईएको कानुनले अबको केहि बर्षमा समाजमा भयाबह रुपलिने पक्का छ । उता हाम्रो कानुनले विष बर्ष नपुगि विबाह गर्नु र गराउनु कानुनी दण्ड र सजाय तोकिएको छ । र विबाह बदर हुनेछ र यस्तो कार्य र्गने गराउने लाई तिन बर्ष कैद र ३० हजार रुपया जििरवाना तोकिएको छ । कानुनको धज्जी उडाउदै समाजमा बालविबाह भैरहेका छन् ।यसरि कानुन सगँ समाज बाझिदा बालबालिकालाई भविश्यमा ठूलो असर र मानसिक तनावहुने छ । जसको उदाहरण समाजमा देखिन थालेको छ । मेरो छिमेकमा एक बालिका जसको १६ बर्षको उमेर १ बर्ष अघि भयो उनले अहिले बच्चा जन्माएकीछन् । ति आमाको बच्चालाई जन्मदर्ता गर्न धाएको १ हप्ता भयो अझ बनेको छैन कानुनले यो विबाह अवैधानिक भन्छ र बदरको माग र्गछ यता बालबिबाह बाट नयाँ सन्तान जन्मी सकेको छ बच्ची आमा बनीसकेकि छन् । अव त्यो वच्चाले राज्यको सेवा सुबिधा प्राप्त र्गन जन्मे देखि संघर्ष गर्न पर्ने छ ।
बच्चा जन्मे पछि जन्मर्दता नैसर्गाीक अधिकार हो भने यता उमेर नपुगेका आमा बाबुबाट जन्मेको वच्चाको हकमा जन्मदर्ता स्कुल र्भना समस्या बन्दै गएको छ । न त यी आमाको नागरिकता छ न यी आमाको विबाह र्दता अनि सामाजिक समस्याले भयावह रुप लिदै गएको छ । त्यस्तै सानो उमेर विबाह गर्दा धुप्रै समस्य निम्तिएको छ । एक जना अर्की बालीका जसको उमेर २० बर्ष पुरा नहुदै विबाह भयो उनको २० पुरा नहुदै कानुनिरुपमा पत्नि नहुदै पारिवारिक झैझगडा भयो अनि छुट्टीएर बस्न चाहान्छीन उनी अब यसको बाधक कानुन भैरहेको छ जहाँ कानुनी रुपमा पति पत्नी भैसकेका छैन र विबाह बदर हुन्छ भनिएको छ ।
अहिले यस्ता धुप्रै सामाजिक समस्या छन् यता समाजमा विबाहको कुरा चलेर विबाह रोकियो भने कथित ईज्यतको डर हेर्ने दृश्ट्रिले जरा गडेर बसेको छ । विबाह हुन लाग्दा र भैसकेपछि सामाजीक रुपमा उसलाई स्वीकार गरिदैन त्यसैले पनि कोही बोलिरहेको अवस्था छैन । भागी बिबाह अन्यथा नलागोस जनजातिमा बढि हुने गरेको पाईन्छ । प्रेमका कारण उमेर नपुगि भाग्ने हरुको हकमा वाउआमाले नचाहेपनि गरिएको बिबाहले गर्दा विबाह मानिदैन बदर हुन्छ भनेर र्फकाएर घरमा ल्याउन सक्ने अवस्था छैन केहि दीन पहिला मात्र १५ बर्ष की बालिकाले भागेर विबाह गरिन् परिवार खुसि छैन तर बिबाह बदर गर्न भनी घरमा र्फकाउन सक्ने अवस्था पनि छैन । कहि कतै यस्तो समस्या बुझेर विस पुगेपछि विबाह गरौला अहिले हजुरको छोरि र हाम्रो छोरा आफ्नो आफ्नो घरमा राखै भनि हाले पनी भागेकि छोरि घरमा राख्दा थुप्रै समाजिक लान्छना यदि उमेर पुग्दा सम्म केटोले वास्ता गरेन भने केटिको विबाहमा समस्या उ प्रतिको सामाजिक हेराईका कारण पनि बालविबाह रोकिएको छैन । र यसले सामाजिक रुपमा समस्या ल्याईरहेको छ ।
केहि महिना अघि मात्र एक यस्तो घटना बाहिर आयो कि डेढ बर्ष अघि भागि विबाह गरे केटा केटीले करिव १ बर्ष सगँै बसे पछि केटा र उसको परिवारले बुहारि मन पराउन छोडे अव सम्वन्ध विच्छेदको कुरा गर्छन । दुबै जना उमेर नपुगेकाले विबाह बदर हुन्छ भनेकोछ कानुनले उ मेरो घरको सदस्य होईन भन्छन् अव त्यो बेला त्यो केटि कहाँ जाने,यता भागेर गई भन्दा असन्तुष्ट परिवार छ उसको र बोलाएका पनी छैनन् । माईतीमा बसी हाले पनी उसलाई पहिले जस्तो सम्मान सत्कार दीईदैन र हेराई फरक र्पछ समाजले उसलाई अनेक संध्या दिन्छ । अब उसको नटेक्ने डालो छ न समाउने हागो यस्तो अवस्था के गर्ने भन्ने प्रन उव्जिएको छ समाजमा । यी र यस्ता घटना हेर्दा कानुन र सामाजिक परम्परा वाझिईरहेको छ ।
बालविबाह सामजिक अपराध हो र यसले समाजिक र आर्थिक अवस्थामा नकारात्मक असर पार्छ त्यसैले बालबालिकालाई बालविबाह रोकथामका बारेमा जनचेतना जगाउदै जानु र्पछ । सरकारले नियममा कडाई गर्ने समाज परिवार र स्वयम बालबालिकाको ईच्छा शक्ति हुन जरुरि हुन्छ ।
बालबिबाह सामजिक र कानुनि अपराध हो सवै मिलेर यसको समस्या समाधान गर्नुको विकल्प छैन स्वच्छ समाज निर्माणको लागि एक हुनु जरुरि छ बाल विबाह रोकौ र समाज बिकास सगै राज्यले सन् २०३० सम्ममा बालविबाह अन्य गर्ने भनियको छ ।
बालबालिका समाजका अतिनै संवेदनशील ब्यक्ति हुन् । जबसम्म तिनीहरुको अधिकारको संरक्षण गर्न हामी सबैको कर्तव्य हो भन्ने अनुभूति हामी सम्पूर्णमा हुँदैन, तबसम्म बालविवाह अन्त्य हुन सक्दैन । तसर्थ हामी सबैले आ–आफ्नो ठाउँबाट लागि पर्न जरुरी छ । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बाल विवाहमुक्त हाम्रो प्रदेश’ भन्ने मूल नाराका साथ अगाडि बढ्न आबश्यक छ र अभियान सन्चालन गर्न जरुरि रहको छ
विवाह गर्न उपयुक्त समय का विषयमा बुझाउने यसको समस्या समाधानका उपायका बारेमा जनचेतना जगाउन जरुरि देखिन्छ यसमा सम्वन्धित सवैको ध्यान जान आवश्यक छ । विबाह गर्न शारीरिक र मानसिक तवरले पूर्ण परिपक्व भइसकेको हुनु पर्छ , परिवारको जीवन यापनको लागि आयआर्जन गर्न सक्ने भएपछि मात्र विबाह युक्त उमेर मानिन्छ,आत्मनिर्भर परिपक्व र आत्मविश्वासी भएपछि आफ्नो परिवारको जिम्मेवारी लिन सक्ने भएपछि । सुखी परिवारको लागि श्रीमान श्रीमती बीच सहकार्य र समझदारी गर्न सक्षम भएपछि । पारीवारिक योजना बनाउन सक्ने भएपछि मात्र विबाह गर्नु पर्छ नत्र संवन्ध नटिक्ने वा त्यहाँनेर सुख र खुशि नहुन सक्छ ।
बालविवाहका नकारात्मक असरहरु थुप्रै छन् जसको विषयमा समाज र बालबालिकालाई विद्यालयमा यस विषयमा पढाउन सके केहि कम हुन सक्छ । शारीरिक संवेगात्मक तथा मानसिक असर, किशोरीको स्वास्थ्यमा असर सामाजिक अपहेलना अध्ययनमा बाधा सानै उमेरमा घरायसी बन्धन जीवनयापनका लागि आर्थिक अभाव जस्ता समस्याहरु आउने गछर्न ।
न्यूनिकरणका उपायहरु अपनाय र बालविबाह कम गर्न सकिन्छ बालबालिकाहरुको गुणस्तरीय शिक्षामा जोड दिएर, बालविवाह विरुद्ध समुदायमा बहस चलाई चेतना अभिवृद्धिमा जोड दिन पर्ने आबश्यकता रहेको त्यसैगरि बालबालिकाको सशक्तिकरण कार्यक्रम संचालन गर्ने, बालबालिकाहरुमा बाल विवाहले पर्ने असरका बारेमा जानकारी गराउने बाल क्लब बाल संजाल तथा साथीहरु बिच बाल बिवाह अन्त्य सम्बन्धि छलफल चलाउने । बाल विवाहको असर सम्बन्धि जनचेतनामलक कार्यक्रमहरु संचालन गर्ने ।बाल विवाह हुन लागेको जानकारी पाएमा नजिकको प्रहरीलाइ खबर गर्ने । जस्ता कार्यहरु बाट समाजमा बाल विबाह अन्य गर्न सकिन्छ ।