‘कुलत’ मा फसेकालाई निकाल्न नसकिने नै हो त ?

दुर्गा बिश्वकर्मा   ९ श्रावण २०८०, मंगलवार १६:४८

‘कुलत’ सबैलाई थाहा नै होला यो कस्तो कुन चिज हो भनेर कु-नराम्रो, लत-बानि धुम्रपान, मध्यपान, लागुऔषध सेवनले व्यक्तिको स्वास्थ्यमा मात्रै नभइ पारिवारि सामाजिक सम्बनधमा नि नकारात्मक प्रभाब पार्दछ । यसको सेवनले बिषको काम गर्छ ।

कुलतमा फसेर सेवन गर्नेको कति जनाको घर परिवार बिग्रेको छ भने कति जनाको सम्पति सकाएको छ ।
हाम्रो समाजमा वर्तमान समयमा कुलतमा फसेको ब्यक्ति छापछापति भेटिन्छन् साना उमेर समूह देखि वृद्धहरु पनि यसको प्रभाव छन् । हाम्रो समाजमा मादक पदार्थ सेवन गरेर हो-हल्ला गर्ने जहान परिवार सँग झगडा गर्ने कुट्ने जस्ता दृश्य दिनहुँ देखिन्छन् ।

दिदी यता गाजा पाइन्छ ? कहिकतै भन्दै सोध्न आउछन् । कराएर पठाउछु मेरोबाट तर एक कानबाट सुन्छन् अर्को कानबाट उठाइदिन्छन् मतलब राख्दैनन् के होला उनिहरुको भबिष्य सोचमा पर्छु ।

कुरा गरौ साना स्कुले बच्चाहरुको मलाई दुःख लाग्छ कि उनिहरुलाइ देख्दा नसम्झाउदा सम्झिन्छन् न भनेको मान्छन् न त आफै बुझ्छन् । ती कलिला बच्चाहरु बल लिएर मैदानमा साथीहरुसँग खेल्ने उमेरमा पसलमा पसि चुरोट माग्ने गर्छन् । दिदी यता गाजा पाइन्छ ? कहिकतै भन्दै सोध्न आउछन् । कराएर पठाउछु मेरोबाट तर एक कानबाट सुन्छन् अर्को कानबाट उठाइदिन्छन् मतलब राख्दैनन् के होला उनिहरुको भबिष्य सोचमा पर्छु ।

सीप दक्षता भएको जनशक्ति पनि बिदेश पलायन हुन्छन् यहाँ बसेका युवा शक्तिको सधैको बास भट्टिमा हुन्छ । कोहि चुरोटको धुवाँ उठाइरहेका हुन्छन् कोहि रक्सि र बियरको मातमा हुन्छन् ।

अब कुरा गरौ हाम्रो उमेर समुहको बीस बर्ष भन्दा माथिको हाम्रो उमेर समुहकाको त के कुरा गर्नु हातमा सीप लिएर दक्ष बनी रोजगार हुने बेलामा भट्टि भट्टिमा भेटिन्छन् । सीप दक्षता भएको जनशक्ति पनि बिदेश पलायन हुन्छन् यहाँ बसेका युवा शक्तिको सधैको बास भट्टिमा हुन्छ । कोहि चुरोटको धुवाँ उठाइरहेका हुन्छन् कोहि रक्सि र बियरको मातमा हुन्छन् । आफुले कमाएर बाबा आमालाइ दिने बेलामा आफै बाबा आमासँग झगडा गरि पैसा लिएर हिड्छन् ।

बाबा आमा नि बाध्य छन् । एउटा सन्तान हुन्छ दिएन भने आत्महत्या गरिदिन्छु भन्ने धम्कि दिन्छन् र दिन बाध्य हुन्छन् । सम्झाउदा उल्टै आफै माथि जाइलाग्छन् र पढ्ता भइकि ठुलि भईस भन्दै उल्टै झगडा गर्छन् । बिहे गरेका परिवारमा देख्छु कि बाल बच्चा घर परिवारलाई कुटपिट गर्ने समाज सँग झगडा गर्छन् । कति जनाको घरबार बिग्रेको छ कति जनाको जिन्दगी नै ।

सम्झाउदा उल्टै आफै माथि जाइलाग्छन् र पढ्ता भइकि ठुलि भईस भन्दै उल्टै झगडा गर्छन् । बिहे गरेका परिवारमा देख्छु कि बाल बच्चा घर परिवारलाई कुटपिट गर्ने समाज सँग झगडा गर्छन् ।

कुलतमा फसेकाको छोराछोरीलाई देख्छु बिचरा उनिहरुको बाल मष्तिस्कमा कस्तो असर परेको होला । बाबाले आमासंग घरमा झगडा गर्दा हाम्रो घरमा आएर शरण लिन आउदा देख्छु । उनिहरुमा आफ्नो बाबा प्रति माया भन्दा डर हुन्छ आँखामा त्रास हुन्छ कि बाबाले भेटेर फेरि कुट्ने हो कि मार्ने हो ।

यस्ता घटना त एक उदाहरण मात्र हो यस्ता सयौ घटनाहरु छन् जसलाई शब्दमा उतार्न गार्‍हो नै पर्ला ।

बाबा आमाको काखमा बसि लुटुपुटु गर्दै रमाइलो गरि खेल्ने बस्ने उमेरमा घरमा पनि बास पाउदैनन् । आमा बाबाको कुलतमा फसेर गरेको व्यबहारले दिक्क भएर घर छाड्न बाध्य हुन्छन् । यस्ता घटना त एक उदाहरण मात्र हो यस्ता सयौ घटनाहरु छन् जसलाई शब्दमा उतार्न गार्‍हो नै पर्ला ।

निकै नै दुख लाग्छ उनिहरुलाइ न सम्झाएर हुन्छ न त के नै गरेर कसरी कुलतबाट निकाल्ने अनेकौ उपाय निकाल्दा नि सफल हुन सकिएको छैन ।

हाम्रो प्रशासनले विभिन्न सचेतना मुलक कार्यक्रम त ल्याएकै हुन्छ तर पनि किन प्रभावकारी हुन सकिरहेको छैन ।  यस हिसाबले हेर्दा समाज कुन दिशामा जादैछ ? के कुलतमा फसेकालाइ निकाल्न नसकिने नै हो त ?