‘भ्रष्टचारी भेना’ तीज गीत सार्वजनिक (भिडियाे सहित)

बाेलीखबर   १० श्रावण २०८०, बुधबार १६:०९

पाल्पा । नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम बजारमा सार्वजनिक भईरहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारिक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीति कथा बिरहको तिज भाग-३ ‘भ्रष्टचारी भेना’ बजारमा आएको हाे ।

गायक ईन्द्र जि.सी., गायिका जमुना राना, गायक बिक्रम परियार, गायक/सर्जक हुम गैरे, गायिका कमला बि.शी., बिमला गैरे र गायक हेमराज डाँगीको स्वरमा रहेको गीतको लय अनि शब्द हुम गैरेले सिर्जना गरेका हुन् ।

गायक गैरेकै कथा तथा निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियो राम के.सी.ले खिचेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आधारित कथा बस्तु रहेको गायिका कमला बि।शी।को तिज गीती कथा बिरहको तिज भाग ३ ‘भ्रष्टचारी भेना’मा  मोडल धिरज खत्री, कुमार सुनेल, रमा ठकुरी, करिष्मा परियार, ईश्वर बल्लभ, बसन्त बर्मा, संगीत मगर, बिनोद कंडेल, बिबेक बस्नेत, सिर्जना पाण्डे लगायतका कलाकारहरुको जिबन्त अभिनय रहेको छ ।

दर्शक अनि स्रोताले बिरहको तिज भाग-१ अनि भाग-२ लाई अपार मायाँ दिईसक्नु भएको छ र यो तेस्रो भागले पनि सबैको मन जित्ने बिश्वास लिएके गीतका सर्जक हुम गैरेले बताए । यथार्थ कथा बस्तुमा आधारित मार्मिक तिज गीती कथा बिरहको तिज भाग-३ ‘भ्रष्टचारी भेना’लाई सफल्ताको शुभकामना ।

भिडियाेमा हेर्नेुहाेस्

पुरा भिडियाे ।