पाल्पा । निस्दी गाउँपालिका वडा नं ३ झिरुवासकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । आ.ब. २०७९/०८० अन्त्य भएसंगै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे ।
वडा नं झिरुवासका वडा अध्यक्ष नबिन्द्र थापा सोतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले वडामा गरेका काम तथा याेजनाका कामहरू निर्धक्कसंग राख्न अनुराेध गरेका थिए । दयालले सुनुवाइ कार्यक्रममा सबै क्षेत्रको जिज्ञासा, प्रश्न तथा सुझाव राख्न अनुराेध गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रम वडाको प्रगति प्रतिवेदन वडा सचिव ओम बहादुर मश्राङ्गिले प्रस्तुत गर्दै प्रतिवेदनमा ९५.७५% काम सम्पन्न भएको उल्लेख गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधी, उपभोक्त समिति, समाजसेवी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, कर्मचारीहरू तथा सराेकारवालाहरूकाे उपस्थिती रहेकाे थियाे । निस्दी गाउँपालिकाकाे वडा नं. ३ झिरूबासमा विभिन्न शाखा कार्यालयका प्रमुखहरूलाइ उपभोक्त समितिका सदस्य तथा सराेकारवालाहरूले साेधेका जिज्ञासा, प्रश्नहरू राखेका थिए ।

कार्यपालिका सदस्य देवि सरा सोमैको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा अध्यक्ष नबिन्द्र सोति थापाले गरेका थिए। कार्यक्रमको सहजीकरण पत्रकार पुनाराम सुनारी र तुल बहादुर बयम्बुले गरेका थिए ।


