सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाइयो

सज्नु परियार   २०८०-०४-२६

पाल्पा ।  जिल्ला महासंघ पाल्पाको आयोजनामा पाल्पाको हुँगिको अमिलटार सामुदायिक वनमा वृक्षरोपण सहित सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाएकाे छ । ‘उत्पादन , रोजगार र समृद्धिका लागि सामुदायिक वन ब्यबस्थापन ‘भन्ने मुल नाराका  वन दिवस मनाएकाे हाे ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र रम्भा गाउँपालिका अध्यक्ष बिस्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथी भण्डारीले संबिधानमा उल्लेखित वन ऐन लाइ स्थानीय तहसम्म ल्याइपुर्याउदा त्यसको उचित र ब्यबस्थित कार्यान्वयनमा जोड दिए स्थानीय तहमा रहेका सामुदायिक वनको रेखदेख र संरक्षणमा सहज हुने बताए । उनले आफ्ना पालिका भित्रका सामुदायिक वनको संरक्षण गरि आन्तरिक पर्यटनमा जोड दिएर पालिकाको बिकासमा फड्को समेत मार्न सकिने बताएका थिए ।

कार्यक्रमका अध्यक्ष श्रेष्ठले वन र सामुदायिक वन संग जोडिएका हरेक गतिविधिले सिधै केन्द्र , प्रदेश र स्थानीय तहमा आवद्ध सामुदायिक वन लाई असर पार्ने हुनाले हरेक गतिविधि संग जोडीदै गर्दा आवस्यक सतर्कता अपनाउनु पर्ने र आगामी दिनमा सामुदायिक वन महासंघले मानव जिबनमा प्रत्यक्ष लाभ दिन मिल्ने खालका कार्यक्रमहरु ल्याइ वन शिक्षा लाई थप टेवा दिने बताए ।

वन डिभिजन कार्यालय प्रमुख संयोग बस्नेतले स्थानीय उपभोक्ताले वृक्षरोपण गरि संरक्षण गरि प्रयोग योग्य बनाइसकेपछी उनिहरुले नै वनका काठ , दाउदा उपयोगमा ल्याउन नपाउदा भएको समस्या बारे वन ऐन लाई मध्येनजर गरि उनिहरुलाइ सहज हुने वातावरण सृजना गर्न वन डिभिजन कार्यालय लागिपर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वन महासंघ स्थापना गर्न र त्यसलाइ निरन्तरता दिनका लागि हिजोको स्थापना कालदेखी संघर्षरत रहि विभिन्न खाले वनका आन्दोलनमा सहभागी रहेको र अहिले सामुदायिक वनका हित र त्यस्का आवस्यक कानुन कार्यान्वयन संगै आवद्ध सामुदायिक वनका उचित न्यायका लागि आगामी दिनमा पनि आन्दोलन लाई निरन्तरता दिइ अघि बढ्नेमा प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

सामुदायिक वन दिवस २०८० को अवसरमा आयोजना गरिएको कार्यक्रम १० वटै पालिकाका ८५ जना महासंघमा आवद्ध सदस्यहरुको उपस्थितिमा सिसौ, खयर , गोलमोहर , अमला लगाएतका करिब २०० वटा बिरुवा पाल्पाको रम्भा गाउँ पालिका १ हुँगीको अमिलटार सामुदायिक वनमा वृक्षरोपण गरि मनाइएको थियो।

रम्भा गाउँ पालिका वन महासंघ अध्यक्ष भिम बहादुर जर्घाको स्वागत बाट सुरु भएको कार्यक्रममा रम्भा गाउँ पालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ , सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य भोज बहादुर बि क , सामुदायिक वन उपभोक्ता महासंघको सम्पुर्ण पालिकाहरुको तर्फबाट गाउँ पालिका महासंघका अध्यक्ष बिस्णुदेब सोमै, रम्भा गाउँ पालिका वडा न . १ का वडा सदस्य खिमानन्द अधिकारी , हुँगी चौकीका इन्चार्ज चन्द्र प्रसाद चौधरी , वडा सचिब हरि प्रसाद भण्डारी लगाएतले आ- आफ्नो भनाइ राखेका थिए ।