पाल्पा । नर्मदेश्वर महादेव मन्दिर शिवालयमा ५ दिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु भएको छ । पुरुशोत्तम महिनामा विभिन्न ठाउँ हुँदै आएको कथा बाचन अहिल रामपुर नगरपालिका वडा न १० मा सुरु भएको छ ।
वडा कार्यालय रामपुर १० को समन्वयमा नर्मदेश्वर महादेब मन्दिर संरक्षण समितिको आयोजनामा साउन २५ गते बाट सुरू भएकाे कथा वचन साउन २९ गते सम्म पुरुषोत्तममास ज्ञानमहायज्ञमा पण्डित ऋषि राम शरणले कथा बाचन गर्नेछ।
प्रमुख अतिथी नगरपालिकाकाका नगर प्रमुख रमण बहादुर थापाले मानिस फरक फरक बिचार बोकेको हुन्छ तर सबै बिचारलाइ एकै ठाउँ ल्याउन मनलाइ शान्त बनाउन जिबनमा उर्जा पाउन सकारात्मक सोचको बिकास गर्न धर्म, संस्कार र संस्कृतीसंग जोडिएको हुन्छ । आफ्ना धर्म र संस्कृती बिचार र आस्थालाई सम्मान गर्दै गयौ भने सभ्भे समाज बन्न सक्छ भन्दै आश्वासनको नाममा रोग निको पार्ने नाममा धर्म परिवर्तन गरिएको अहिलेको अबस्था सबैले इमानदार भएर कर्म गरौ खुशी हुन सिकौ भन्दै थापाले धर्म परिवर्तन गर्नु अपराध भएकाे बताए ।

वडा अध्यक्ष तोयानाथ सारुले सनातन धर्मले सबैलाइ गोलबन्द गर्दै धर्म र सस्कारको नाममा कसैलाइ बिभेद गर्नु नहुने भन्दै यदि धर्मका कुनै पुस्तकमा बिभेद छन भने त्यसलाइ परिमार्जन गर्न समेत सम्बन्धि पक्षलाई आग्रह गरेकाे थियाे । सारूले धर्मले कसैलाइ बिबेद गर्न नहुने बताउदै सबैलाइ सनातन यस धर्ममा गोल बन्द हुँदै समाज रुपान्तरणमा लाग्न आग्रह गरेकाे थियाे ।महायज्ञ सन्चालनको उद्देश्य गुरुकुल सन्चालन एब मन्दिरको प्रचार प्रसार गर्न मुख्य उद्देश्य रहेकाे अायाेजकले बताए ।

महायज्ञमा संरक्षक समितिका अध्यक्ष बैकुण्ठ खनालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्दिर संरक्षक समितिका सचिब मुकुन्द देबकोटा र पर्सुराम पाण्डेले संचालन गरेका थिए ।
ऋषि मुनिले तपस्या गरेको कृष्ण गण्डकीको तटमा भएको यस महायज्ञमा कलश यात्रा सम्म्न्न भएको छ । कलश यात्रा नर्मदेश्वर मन्दिर परिसरबाट सुरु भइ भानुभक्त माबि हुँदै ढुन्ङ्गेबारी हुँदै पुनः यज्ञ स्थलमा आइपुगेको थियो । यात्रामा आमा समूह, क्लब, मगर समूह, झाँकी, बाजा गाजा सहितको रहेको छ । १८१० मा निर्माण भएको मन्दिर यस अघि जिर्ण रहेको थियो हाल स्थानीयको उर्जाले संरक्षण गर्दै अाएका छन् ।


