पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन प्रदेशसभा सदस्य श्रेष्ठद्धारा उद्घाटन

बाेलीखबर   २०८०-०४-२७

पाल्पा । नर्मदेश्वर महादेव मन्दिर रामपुर नगरपालिका वडा नम्बर १० मा जारी पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन पनि जारी छ । पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे अाज शनिवार यज्ञको दोस्रो दिन लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेकाे हाे ।

कार्यक्रम उद्घाटन गर्दै मुख्य पाहुना प्रदेश सभा सदस्य श्रेष्ठले कालीगण्डकी बेशीको विभिन्न धार्मिक स्थलको एकिकृत विकासका निम्ति ३ तहका सरकारले ध्यान दिनुपर्ने बताए । प्रदेशसभा सदस्य श्रेष्ठले धर्मले मानिसलाई अनुशासनको पाठ सिकाउने भएपनि पछिल्लो समय धर्मका नाममा फैलिएका विकृती विसंगतीको अन्त्य गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिएका थिए । श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले आर्थिकबर्ष २०७९/०८० लागि रामपुर नगरमा परेको विभिन्न योजनाहरु बारे समेत जानकारी दिएकाेछ ।

मन्दिर व्यवस्थापन समिती अध्यक्ष बैकुण्ठ खनालको अध्यक्षतामा तथा मन्दिर व्यवस्थापन समितीका सचिव हरिप्रसाद आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रममा रामपुर नगरपालिका वडानम्बर १० का निर्वतमान वडाअध्यक्ष लिलबहादुर गाहा, सामुदायिक रेडियो रामपुरका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरे, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष बन्दना पोख्रेल लगायतले धारणा राखेकाे थियाे । कार्यक्रमको संचालन सदस्य मुकुन्द देवकोटाले गरेकाे हो ।

कथा प्रवचन यही साउन २९ सम्म चल्ने छ । नर्मदेश्वर महादेव मन्दिर संरक्षण समिती गेझाको आयोजनामा भएको कार्यक्रममा पंण्डित ऋषिराम शरणको मुखारविन्दबाट कथा प्रवचन भइरहेको छ । यज्ञमा नारायण दास गौतमको टोलीद्धारा रमाइलो भजनकृतन तथा झाँकी प्रदर्शन भएको छ । यज्ञमा दान गर्नेलाई दान अनुसारको सम्मान गरिएको छ ।