निस्दी ५ गल्धाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

बाेलीखबर   २०८०-०४-२९

पाल्पा । निस्दी गाउँपालिका वडा नं ५  गल्धाको सार्वजनिक सुनुवाइ आइतवार सम्पन्न भएको छ । आ.ब. २०७९।०८० अन्त्य भएसंगै वडा कार्यालयबाट प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले निस्दीकाे समग्र बिकासमा वडाकाे महत्वपूर्ण भूमिका रहने बताएका थिए । सारूले गाउँपालिकाका सबै  वडाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताए ।

अध्यक्ष सारूले  गाउँपालिकाकाे सबै काम भिजन बिना कुनै पनि याेजना तथा  कार्यक्रम सम्भव नहुने बताउदै पालिकालाई दक्ष प्राविधीकाे पहुँचमा पुर्याइ पालिकाका सम्पूर्ण वडाहरूलाई प्रविधीमैत्री बनाउनु पर्ने बताएका थिए । प्रविधिकहरुको सानाे गल्तीले जनता, उपभोक्त समितिले घाटा ब्यहाेर्नु परेकाेले पालिकाका सबै प्रविधिकहरुलाई तालिमको उचित ब्यवस्था गरी पुनः गल्ती दोहोरिएमा गल्ती गर्ने प्रविधिकलाई साेच्नु पर्ने बताएका थिए ।

कार्यक्रममा उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले कृषि, भेटेरेनरी, स्वास्थ्य शिक्षा, महिला अधिकारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै पालिकाले विभेद अन्त्यको लागि सचेतीकरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको र गाउँघरमा पनि विभेदहरू कम हुँदै गएको बताएका थिए ।

निस्दी गाउँपालिका वडा नं. ५ गल्धाका  वडा अध्यक्ष दुर्गा बहादुर साेमैको अध्यक्षतामा सम्पन्न भएकाे थियाे । वडा अध्यक्ष साेमैले नागरिकको समस्या र गुनासोको वडा कार्यालयले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताए । साेमैले योजना बनाएर आउन र वडाले दिने सेवाहरू लिनको पछि नपर्न आग्रह गरेकाे थियाे साथै वडा कार्यालय अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गरेका थिए ।

वडा सचिव एकराज अर्यालले अा.व. २०७९।०८० प्रतिवेदन प्रस्तुत गर्दै वडा कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको, विषयगत शाखाका कर्मचारीहरू सम्झना देवकाेटा र बासुदेव पंगेनीले जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य बीमा, कृषि, बिउविजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधी, उपभोक्त समिति, समाजसेवी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी, कर्मचारीहरू तथा सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले वडा नं. ५  वडा कमिटी सदस्य पिलेन्द्र ठाडा, नेपाली काँग्रेसका शिव प्रसाद अर्याल र नेकपा माअाेवादी गल्धाका प्रतिनिधी यम सारूले जिज्ञासा राखेका थिए ।

वडा सदस्य कमल प्रसाद ज्ञवालीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिष्णुदेव साेमैले सहजीकरण गरेका थिए ।