रामपुर नगरपालिकामा आँखा पाक्ने संक्रमण बढ्दै गएपछि विद्यालय बन्द

बाेलीखबर   २०८०-०४-३१

पाल्पा । आँखा पाक्ने संक्रमण फैलिएपछि रामपुर नगरपालिका भित्र रहेका संक्रमण फैलिएका निजी तथा संस्थागत विद्यालयहरूले ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

रामपुर नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ आँखा पाक्ने समस्याकाे अवस्थालाइ मध्यनजर गरी विद्यालय ब्यवस्थापन समितिकाे बैठकबसी स्थानीय बिदा राख्न सकिने ब्यहाेरा सहितकाे सूचना जारी गरेकाे थियाे । त्यही सूचना अनुसार रामपुरमा रहेका केही निजी तथा संस्थागत विद्यालयहरूले संक्रमण फैलिन नदिन विद्यालय बन्द गरेकाे हाे ।

आँखा पाक्ने रोग (एडिनो भाइरस) को संक्रमण पाल्पाकाे रामपुर पनि बढ्दै गएको छ । आँखा पाक्ने समस्या बढ्दै गएपछि रामपुर नगरपालिकामा संक्रमण फैलिएका केही निजी तथा संस्थागत विद्यालयहरू बन्द हुने भएका छन् । बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरण गर्न समेत अनुरोध गरेको छ ।

‘आँखाको समस्या बढ्दै गएको हुँदा आँखाको सुरक्षासम्बन्धी सचेतीकरण समेत गर्न गराउनुहुन अनुरोध छ,’ नगर शिक्षा अधिकृत विकल काफलेद्धारा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।