पाल्पा । रामपुर नगरपालिका काे १० न वडा कार्यालयले ज्ञापन पत्र बुझाएकाे छ । बिहानी यातायात सेवा संचालनकाे माग गर्दै नमस्ते रामपुर यातायात प्रा.लि. लाई एक ज्ञापनपत्र बुझाएको हाे ।
ज्ञापनपत्र बुझाउदै वडा अध्यक्ष तोयानाथ सारुले बिहानको समयमा यातायात सन्चालनको लागि अनुरोध गरेकाे छ । ज्ञापन पत्रमा सारूले रामपुर नगरपालिका वडा नं. १० मा बासाेबास गर्ने र रामपुर नगरका बिभिन्न शिक्षण संस्थाहरूमा बिहानी कक्षा संचालन भएकाे र अन्य क्षेत्रमा राेजगारी गर्ने ब्यक्तिहरूकाे लागि हाल बिहानी यातायातकाे असुविधा भएकाेले रामपुर १० काे अन्तिम सिमाना सिद्धबाबा गेटबाट रामपुर बेझाँडकाे लागि बिहान ५ बजे देखि नियमित यातायात संचालन गरी सहज रूपमा सेवा प्रदान गर्न माग गरेका छन् ।
रामपुर यातायात व्यवस्थापन समिती उपाध्यक्ष भोजराज भट्टराईले ज्ञापनपत्र बुझ्दै समस्या समाधानका लागि समितिले निर्णय गरी सिद्धबाबा गेटबाट रामपुर बेझाँडकाे लागि बिहान ५ बजे देखि नियमित रूपमा यातायात संचालनमा ल्याउने बताएका छन् ।



