‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड-२०८०’ को मनोनयन सार्वजनिक

बाेलीखबर   ६ भाद्र २०८०, बुधबार ११:५०

काठमाडौ । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.काठमाण्डौंको आयोजनामा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड -२०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेकाे छ ।

सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भएकाे कार्यक्रममा मनोनयन परेका बिभिन्न बिधाका उत्कृष्टलाइ प्रमाण पत्र बितरण गरेकाे हाे ।

कार्यक्रममा तीज गीतसंग सम्बन्धित २२ बिधाका करिब ११० जना कलाकारहरुलाई उत्कृष्ट पाँच मनोनयन प्रमाण पत्र बितरण गरेकाे अध्यक्ष एवं गायक तथा सर्जक हुम गैरेले जानकारी दिए ।

पुर्व सासंद तथा महिला नेत्री सुजिता शाक्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बहादुर मगर, बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने, बरिष्ठ लोक गायिका शर्मिला गुरुङ, अधिबक्ता शिव अर्याल, पप गायक निर्णय श्रेष्ठ, गायक शिरिष देबकोटा, काठे गायक दिनेश भण्डारी, नायिका सबिना कार्की लगायतको उपस्थिती रहेको थियो ।

अवार्ड कार्यक्रम संयोजक गायिका कमला बि.शी.को स्वागत मन्तब्य तथा राशि रिजालको सञ्चालनमा भएको थियाे ।  बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रम आगामी भाद्र २७ गते बुभबार काठमाण्डौंमा एक भब्य समाहरोहका बीच हुने बिशाल मुभिजका उपाध्यक्ष धिरज खत्रीले जानकारी दिए ।

फाईनल कार्यक्रममा करिब एक दर्जन भन्दा बढी तीज गीतसंग सम्बन्धित महिला स्रष्टा, सर्जक अनि गायिकाहरुलाई सम्मान गरिने आयोजकले जनाएकाे छ ।