टापुधाममा शिबलिङ्ग स्थापना तथा रोट महोत्सव हुने

बाेलीखबर   २०८०-०५-०७

पाल्पा । रामपुर नगरपालिका वडा नं. १ खटाङ टापुधाममा १२ लाख १२ हजार ८ सय ८८ शिबलिङ्ग स्थापना तथा रोट महोत्सव  हुने भएको छ।

रामपुर नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराइएको हो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा १२ लाख १२ हजार ८ सय ८८ शिबलिङ्ग स्थापना तथा रोट महोत्सव कार्यक्रमका संयोजक एब वडा अध्यक्ष कपिलबहादुर खाणले रामपुर नगरपालिका वडा न. १ काे टापुधामलाई धार्मिक र पर्यटकीय हिसाबले अगाडी बढाउन २०८० साल भदौ ११ र १२ गते शिबलिङ्ग स्थापना तथा रोट महोत्सव गर्न लागिएको जानकारी दिएका थिए । थापाले भदौ ११ गते काठमाडौंबाट शिबलिङ्ग ल्याएर पुजा आरधना, प्राण प्रतिस्ठा साथमा कृतन गरिने र भदौ १२ गते बिहान पुजा आरधना, ११ बजेदेखि प्रबचनात्मक औपचारिक कार्यक्रम गरि उपप्राद्यापक डाक्टर रामप्रसाद पौडेलबाट समापन गरिने बताएका थिए ।

कार्यक्रममा अभियान्ता एब पण्डित अग्नि सम्शेर शाहले शिबलिङ्ग निर्माण र कार्यक्रम स्थलसम्म ल्याउन लाग्ने ढुवानी खर्च आफुले ब्यबस्थापन गर्ने जानकारी दिए ।उनले यो ठाउँ कालीगण्डकी नदी, कालीगण्डकीमा पाइने शालीग्राम,यहाँका धार्मिक मठ मन्दिर र भौगोलिक अबस्थितीले अतिनै सम्भावनायुक्त ठाउँ रहेको बताए ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सरोकारवाला पक्षकाे सहभागीतामा सम्पन्न भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रेस संयोजक दानु हिस्की मगरले गरेकाे हाे ।