सुन तस्करी छानविनका लागि जाँचबुझ आयाेग बन्छ : महामन्त्री शर्मा

बाेलीखबर   २०८०-०५-११

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा छानविनका लागि जाँचबुझ आयाेग बन्ने बताएका छन् ।

पाल्पाकाे रामपुरमा प्रेस युनियन पाल्पाकाे अयाेजनामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा शर्माले  सुन तस्करी प्रकरणको छानविनका लागि जाँचबुझ आयाेग असाेज ५ गते बन्ने बताएका हुन्।

छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने उनले बताए । शर्माले छानविनकाे दायरामा सरकारले ल्याउनु पर्छ । छानविन गर्दै गर्दा काे कांग्रेस, काे एमाले, काे माअाेवादी भन्ने हुदैन  भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि नहुने र भ्रष्टाचार केवल भ्रष्टाचार हुने भन्दै काेही दाेषी नउम्किने, निर्दाेष नफास्ने गरी छानबिन गर्नु पर्ने बताए ।

पत्रकारहरूकाे प्रश्नहरूकाे जवाफ दिदै शर्माले धरानमा भएकाे घटना गम्भिर रहेकाे बताउदै धर्मनिरपेक्ष देश भएकाले सबैकाे धर्म समान रूपमा हेर्नु पर्ने बताए । समाजमा एक्ले अर्कालाइ असर पुग्ने काम गर्न नहुने बताए ।