नेपाली कांग्रेसकाे क्षेत्रीय एवं प्रदेशसभा सम्मेलन रामपुरमा सम्पन्न

बाेलीखबर   २०८०-०५-१२

पाल्पा । नेपाली कांग्रेस प्रतिनिधि सभा पाल्पा क्षेत्र १, प्रदेश सभा १ र २ ले आयोजना गरेको प्रतिनिधि सभा क्षेत्रीय एवं प्रदेश सभा सम्मेलन साेमबार रामपुरमा सम्पन्न भएकाे छ ।

सम्मेलनलार्इ सम्बाेधन गर्दै  नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले  निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश र जनताको लागि हामीले कहिले गर्ने भन्ने विषयमा गम्भिर हुनु आवश्यक रहेको बताए । शर्माले कांग्रेसले केवल आफुले मात्र जितेर मात्र नपुग्ने भन्दै समाजले जित्ने कुरा, समाजलाई गास्ने कुरा, देशलाई बनाउने कुरा, देशको स्वधिनताको कुरा र देशको शान्तिको कुरा कांग्रेसले गरेर जानु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री वीरबहादुर राना, काँग्रेस जिल्ला सभापति झपेन्द्र गहिरे, उपसभापति ज्ञान बहादुर गाहा, नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय अध्यक्ष दिनेश कुमार थापा, नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेल, लुम्बिनी प्रदेशका दक्ष जनशक्ति नीति निर्माण विभागका प्रमुख सन्दिप राना, काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकाल, महासमिति सदस्यहरु देवराज ढकाल, रमणबहादुर थापा, काँग्रेस क्षेत्र नं। २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद गुरागाई, काँग्रेस रामपुर नगरका सभापति नेत्र भट्टराई, समानुपातिक उम्मेदवार तारा रसाइली, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य जीवन तिवारी लगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ को आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा सभापति झमन बहादुर राज मगरको राजनीतिक प्रतिवेदन, सचिव मधु पराजुलीको सांगठनिक र कोषाध्यक्ष डोबराज तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम क्षेत्रीय सभापति झमन बहादुर राज मगरको अध्यक्षतामा न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं। १ प्रदेश सभा १ का सभापति रामबहादुर रानाको स्वागत र क्षेत्रिय कार्यसमितिका सचिव कपिल खाँणको सञ्चालनमा कार्यक्रम भएको थियो ।