पाल्पा । आज (बिहीबार) देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् ।
राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् ।
पाल्पाका सबै सामुदायिक विद्यालय बन्द छन् । शिक्षक रामजीवन ज्ञवालीले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताए । ज्ञवालीले भने- हाम्रा सम्पूर्ण माग पुरा नभए थप सशक्त ढंगले आन्दोलनलाई अगाडी बढाउने बताए साथै माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।
संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ का केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलनमा उत्रेका हुन् । विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरू आन्दोलनका लागि संघीय राजधानी काठमाडौं आएका छन्।
बुधबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरम्म प्रदर्शन गरेका उनीहरूले आजखि थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् ।

संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउन खोजेको, पटक/पटकको संवाद र छलफलपछि पनि आफूहरूको मागविपरीत विधेयक आएको भन्दै नेपाल महासंघले शिक्षकहरूलाई आन्दोलनमा उतारेको हो ।
विधेयकले स्थायी, अस्थायीरकरार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको महासंघको विश्लेषण छ ।
तस्बिरः श्याम बहादुर दिसाकाे फेसबुकबाट


