पाल्पा । नेपाल महिला संघ रामपुर समितिले पाल्पाकोमा रामपुर आयोजना गरेको ३० औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएकाे छ ।
हरितालिका तीज संगै संविधान दिवसको अवसरमा आयोजित प्रतियाेगतालाइ उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले मुलुकलाई समृद्धिको बाटो तर्फ लैजानु आवश्यक रहेको बताए थिए । भुसालले युवाहरुलाई स्वदेश मै बस्न सक्ने वातावरण सिर्जना गर्नु पर्ने बताएकाे हाे ।
भुषालले मुलुकमा शान्ति प्रक्रिय अघि बढ्यो, संविधान हामीले लेख्यौ अब मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन जरुरी छ । अहिलेका युवाले बसेरमा मात्र चित्त नबुझाउने स्पष्ट परेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु मायाँ ढकाल, नेपाल महिला संघका केन्द्रिय सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य पवित्रा पौडेल ढकाल तथा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मौलिक संस्कृतिको संरक्षणलाई जोगाउनु हामी सबै जना सतर्क रहनु पर्ने बताएका थिए ।
१२ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रथम रामपुर नगरपालिका–१०, मिना भण्डारीको समुह, द्वितिय द युनिक गाईन रामपुर नगरपालिका –७, तृतिय सुरक्षा आमा समुह केवरे भञ्ज्याङ्ग स्याङ्जा, सान्त्वना रामपुर ३ बोहोरी डाँडा झुप्री टोल, दामाचौर बजार व्यवस्थापन समिति चापाकोट स्याङ्जा र नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पा भएको निर्णायक मण्डलका संयोजक रामप्रसाद ढकाल जानकारी दिए ।
प्रतियोगितामा विजयी समुहलाई नगद २० हजार , १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमकमो अवसरमा संघले लोकतन्त्रमा स्थापनामा महत्वपूर्ण योगदान दिनुभएको व्यक्तित्वहरु रामपुर नगरपालिका–६ का श्रीकान्ती भट्टराई, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं नेपाल महिला संघका क्षेत्रिय सभापति विष्णु मायाँ ढकाल, रामपुर– ७ का भुमिसरा सिंजाली, रामपुर–५ का धनकुमारी पोखरेल, लिला कुमारी वि।क। र रामपुर–३ का मनीकुमारी पाठकलाई सम्मान गरेको थियो । साथै २०७९ सालको माध्यमिक शिक्षा परीक्षामा पाल्पा जिल्ला प्रथम हुन सफल अस्मिता श्रेष्ठलाई सम्मान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक मोहन खड्का, गायिका गायिक मिना लामा लगाएतको प्रस्तुति रहेको थियो । बेझाँड बजार स्थित रामपुर युवा क्लवको मञ्चमा भएको प्रतियोगिता नेपाल महिला संघ रामपुर नगर समितिका सभापति शारदा आचार्यको अध्यक्षतामा भएको थियो । संघका उपसभापति सावित्रा गैरेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार सीता डोटेल र सचिव जमुना रानाले गरेका थिए ।


